2026-11-03 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डेटिङ एप बनाएर अवैध धन्दा, समातिए ६ जना चिनियाँ नागरिक

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको दमकल चोकमा अवैध डेटिङ एप, कल सेन्टर र क्रिप्टो कारोबार सञ्चालन गरेको आरोपमा ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

उनीहरूले ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि’ दर्ता गरेर एक घर भाडामा लिएर अनलाइन डेटिङ स्क्याम र क्रिप्टो कारोबार सञ्चालन गर्दै आएको पाइएको सीआईबी प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।

उनीहरू नेपाली युवा–युवतीलाई डेटिङ एपमार्फत सम्पर्क गरेर ठगी गर्ने गरेको खुलेको छ। प्रहरीले उनीहरुको साथबाट रु १३ लाख ९९ हजार ९५० रुपैयाँ बराबरको अवैध रकम समेत बरामद गरेको छ।

सीआईबी ले हालसम्म ५२ जनालाई नियन्त्रणमा लिएको छ भने मुख्य ६ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी