2026-09-08 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

भदौ २२, मुस्ताङ। मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । 

गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौसम, रोग, किराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिनुभयो । 

कोवाङ, टुकुचे, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टरमा स्याउ खेती गरिएको छ । करिब ३७० हेक्टरमा लगाइएको बोटले फल दिने गरेको छ । रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलिसियस जातको स्याउ खेती गरिएको छ । 

गत वर्ष रु २३ करोड मूल्य बराबरको तीन हजार २०० मेट्रिक टन स्याउ मुस्ताङबाट निकासी भएको थियो । अधिकांश बगैँचामा फलेका स्याउ व्यापारीले अग्रिम पैसा दिएर खरिद गरिसकेका छन् । बेनी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौँ, चितवनलगायत जिल्लाबाट व्यापारी आएर बगैँचाबाट टिप्नुअघि नै बोटमै खरिद गर्ने गरेका थासाङ गाउँपालिका–१ टुकुचेका निरज तुलाचनले बताउनुभयो । उहाँले रु ३० लाखमा बगैँचा नै ठेक्कामा दिएको बताउनुभयो । 

“उत्पादनमा सुधार आएको छ । व्यापारीको घुइँचो लागेको छ”, उहाँले भन्नुभयो । भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भए पनि कतिपय व्यापारीले पाक्नुअघि नै स्याउ बजार पु¥याउन थालेका छन् । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मुस्ताङको स्याउले बजार पाएको छ । 

विसं २०६४ मा बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि किसानको उत्साह र जाँगर बढेको छ । बढ्दो तापक्रम र रोगकिराको समस्या स्याउ खेतीमा चुनौती बनेको मार्फा शीतोष्ण बागवानी विकास फार्मका प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो । पहिले स्याउ खेती हुने लेते र कुञ्जोमा अहिले स्याउका बिरुवा नै छैनन् । कृषकले खेती विस्तारसँगै बगैँचा र रोगकिराको व्यवस्थापनमा ध्यान दिनुपर्ने अधिकारी बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल