भदौ २२, काठमाडौं । राजपा नेपालका एक प्रभावशाली नेता एमाले प्रवेशको तयारीमा लागेका छन् ।
सर्लाहीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रह"/>

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा गरिएको टिकट वितरणमा असन्तुष्टि जनाउँदै मंगलबार पार्टी परित्याग गरेका उनी केहि दिनभित्रै एमाले प्रवेशको तयारीमा रहेको एमाले निकट स्रोतले जनाएको छ ।
सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रायले आफ्नो क्षेत्रभित्र पर्ने कविलासी नगरपालिका सहित बिष्णु गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकामा आफूले भनेका कार्यकर्तालाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । तर उनका मान्छेले टिकट नपाएपछि रायले महामन्त्रीबाट राजिनामा दिएका थिए ।
यसैबीच कबिलासी नगरपालिका सहित बिष्णु, ब्रम्हपुरी र चक्रघट्टा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहितका अधिकांश उम्मेदवार एमालेले जंगीलालकै कार्यकर्तालाई बनाएपछि उनी एमाले प्रवेश गर्न लागेका हुन् । ‘मेरा कार्यकर्ता जताबाट उठ्छन् उनीहरुलाई नै मेरो समर्थन हो,’ रायले भने, ‘अहिले त चुनावमै छु, सायद चाँडै एमाले प्रवेश गर्छु’ ।
सर्लाहीका एमाले जिल्ला अध्यक्ष रेवती पन्तले सांसद जंगीलाल राय एमाले प्रवेश गर्न लागेको पुष्टि गरे । उनले भने, ‘हामीले चारओटा स्थानीय तहमा उहाँले भनेकै साथीहरुलाई उम्मेवार बनाएका छौं । अहिले एमालेका उम्मेदवार जिताउन लाग्नुभएको छ ।
स्रोतका अनुसार उनले शनिबार सांसद पदबाट समेत राजीनामा दिने र त्यसपछि एमाले प्रवेश गर्नेछन् ।