३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, २६८३.८६ विन्दुमा कायम

२४ असार २०८२, मंगलवार १६:३२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ। कारोबारको अन्त्यसम्म नेप्से ०.१४ अङ्कले घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा पुगेको हो।

सोमबार ३०४ वटा कम्पनीका कूल एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री भए। कुल कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ नाघेको छ।

समूहगत कारोबारमा आज केही सकारात्मक र केही नकारात्मक उतारचढाव देखिएको छ। विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहमा थोरै वृद्धि देखिएको छ। अन्य समूहहरू भने ओरालो लागेका छन्। बैंकिङ, होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको उपसूचकमा घटावट आएको हो।

आजको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएर ८.२१ प्रतिशतले बढ्यो। त्यस्तै, सबैभन्दा धेरै गिरावट भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा देखियो, जसको मूल्य ५.०८ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली