2026-08-23 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उद्धार व्यवस्थित र प्रभावकारी बनाउन सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण

2025-07-08
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद मोहन आचार्यले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धारलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत उहाँले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्णरूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको उल्लेख गर्नुभएको छ ।
“बाढीका कारण रसुवाको टिम्मुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्री र अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ“, सांसद आचार्यले उल्लेख गर्नुभएको छ, “उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको छ ।”
मानवीय क्षतिको आशंका र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइनसकेको जनाउँदै उहाँले सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत सामग्र वितरणलाई उच्चतम प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
अहिले आफू प्रभावित क्षेत्रमा रहेको उल्लेख गर्दै सांसद आचार्यले उद्धार अझ प्रभावकारी र समन्वित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सङ्कटको घडीमा सरकारको सक्रियता निर्णायक हुने उहाँको भनाइ छ ।
उहाँले बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ । “हामी सदैव तपाइँहरूको साथमा छौँ,” उहाँले भन्नुभएको छ, “हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौँ भन्ने दृढ विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो