2026-11-02 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड

2026-11-02

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे ।

उनले भने, “हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ ।” संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बताए । “यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,” उनले भने, “यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्ने छौँ ।”

यसैबीच, सो दलले राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आज आयोजना गरेको छ । कार्यक्रममा मधेसभरिका पार्टीका केन्द्रीय सदस्य, मधेस प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष तथा संयोजक सहभागी हुने उक्त दलका मधेस प्रदेश इञ्चार्ज राजु खड्काले जानकारी दिए । कार्यक्रममा सो दलका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक