काठमाडौँ | आगामी बिहीबार (असार २६ गते) प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिविका उपकुलपति प्राडा खड्क केसीलाई पत्र पठाउँदै बिहीबार बिहान १० बजे सिनेट बैठकमा आउन भनिएको हो ।
उपकुलपति केसीले बिहीबार बिहान १० बजे सिनेट बैठकमा आउन भनिएको बताए । सिनेटमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने उनको भनाइ छ । सिनेटका लागि शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति रघुजी पन्तलाई समेत बोलाइएको छ । असार २२ गते बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्रिविको आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम र ९० हजार विद्यार्थीलाई ग्रेजुएट पारित गर्ने बोलाइएको सिनेट ओलीको निर्देशनमा रोकिएको थियो ।
असार २० गतेका लागि बोलाउने तयारी भएको सिनेट प्रधानमन्त्रीको निर्देशनमा असार २२ गतेका लागि बोलाइएको थियो । २२ गतेको बैठक समेत अन्तिम समयमा आएर स्थगित भएको थियो । असार २२ गतेको बैठक स्थगित गर्दै प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला गएका थिए । प्रधानमन्त्री ओलीले त्रिविसहित अन्य विश्वविद्यालयको समेत सिनेट बालुवाटारमै बोलाएका हुन् ।