2026-09-13 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले माओवादी नै मुख्य शक्ति भएको : प्रचण्ड

काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा आफ्नो पार्टीलाई ‘संस्थापन’ पक्षको रूपमा दाबी गरेका छन्। उनले उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले माओवादी नै मुख्य शक्ति भएको बताएका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै प्रचण्डले संख्यात्मक रूपमा सदनमा तेस्रो स्थानमा रहे पनि वैचारिक, ऐतिहासिक र राजनीतिक भूमिकाका आधारमा माओवादी नै वास्तविक संस्थापन भएको तर्क गरेका हुन्। कानुनी र संख्यात्मक हिसाबले माओवादी केन्द्र तेस्रो भए पनि यसलाई माओवादीको वास्तविक राजनीतिक हैसियत मान्न नहुने बताए। आफूहरूले ल्याएको परिवर्तन नै अहिलेको राजनीतिको मूल आधार भएको समेत दाबी गरे।

उनले भने, ‘अहिले कानुनी र सङ्ख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौँ। तर, आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष मा‌ओवादी नै हो।’प्रचण्डले आफ्नो यो दाबीलाई थप प्रस्ट्याउँदै अन्य शक्तिहरूलाई ‘प्रतिपक्ष’ का रूपमा चित्रण गरेका छन्। उनका अनुसार माओवादीले नेतृत्व गरेको आन्दोलनबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी संविधान नै आजको राजनीतिको मूल जग हो। यस जगको रक्षा गर्ने, यसलाई थप सुदृढ गर्ने र यसका उपलब्धीहरूलाई संस्थागत गर्ने जिम्मेवारी माओवादीकै हो।

उनले अगाडि लेखेका छन्, ‘जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन्। यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो।’अध्यक्ष प्रचण्डले आफूहरूलाई वर्तमान राजनीतिक प्रणालीको आधिकारिक निर्माता र संरक्षकको रूपमा प्रस्तुत गर्दै अन्य दलहरूलाई यस परिवर्तनलाई आत्मसात गर्न नसकेको वा यसको मर्मभन्दा बाहिर रहेको शक्तिका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले