2026-07-25 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाषाको बुझाइमा समस्या हुँदा मेरो भनाइ हटाउनुपर्ने ?-सोबिता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो समस्या नभएको बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रश्न गरेकी छिन्, ‘मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’

यसअघि हिजो (मंगलबार) बसेको बैठकमा सांसद गौतमले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको समाचारहरू आएको बताउँदै उक्त विषय गम्भीर भएको बताएकी थिइन् । सो विषयमा नियमापत्ति जनाउँदै एमाले सांसद महेश बर्तौलाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।

जसबारे आज थप प्रष्ट स्पष्टीकरण दिँदै उनले भनेकी छिन्, ‘प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’ उनले सांसदहरूले नेपाली भाषा बुझाइमा समस्या भएका कारण आफ्नो भनाइ हटाउनुनपर्ने त होइन नि ? भन्दै प्रश्न गरिन् ।

‘सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस्,’ सांसद गौतमले भनिन् । आफूले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएकै मान्छे फर्किएनन् भनेर नभनेको पनि बताइन् ।

‘सभामुख महोदय मैले कहिँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मान्छेहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्,’ सांसद गौतमले भनिन् । उनले आफूले बोलेको कुराको पूर्ण जिम्मेवारी आफैं लिने पनि बताइन् ।

‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु । यो सत्य हो, प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो,’ सांसद गौतमले भनिन्, ‘तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बाहनामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’ प्रधानमन्त्री सहभागी उक्त कार्यक्रम निकै ठूलो भएकाले सयौं एनजीको साइड इभेन्ट पनि रहेको बताइन् ।

‘प्रधानमन्त्री जानुभएको कार्यक्रम ठूलो कार्यक्रम हो । दशौं हजार मानिस सहभागी हुने कार्यक्रम हो । सयौं एनजीओका साइड इभेन्ट पनि हुन्छन् । नेपालबाट सयौं मान्छे सहभागी हुन गएका पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो,’ गौतमले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक