३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी

२५ असार २०८२, बुधबार १७:३४
काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डस्थित जेनेभामा भइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएसआइएस प्लस टुवान्टी) मा सहभागी हुनुभएको छ । झण्डै दुई सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको उच्चस्तरीय सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङ सहभागी हुनुभएको हो ।
सप्ताहव्यापी रुपमा हुने सो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा सञ्चारमन्त्री गुरुङ यही असार २१ गते शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
सूचना प्रविधि क्षेत्रमा भएको चमत्कारिक विकास, नयाँ अवधारणा, विकसित घटनाक्रम र विश्व परिवेशलाई बुझ्न उक्त सम्मेलन फलदायी हुने सञ्चारमन्त्री गुरुङका सूचना प्रविधिसम्बन्धी सल्लाहकार डा सालीग्राम पराजुलीले बताउनुभयो ।
सम्मलेनका क्रममा ‘रोबोटिक्स फर गुड युथ च्यालेञ्ज २०२५ र डिजास्टर रेस्पोन्स एण्ड सिजिलियन्स थिम’मा हुने कार्यक्रम सत्रमा समेत सञ्चारमन्त्री गुरुङ सहभागी हुनुहुने छ । ती कार्यक्रमहरूमा सूचना प्रविधिसम्बद्ध ६० देशका विभिन्न टोलीको प्रस्तुती रहने डा पराजुलीले जानकारी दिनुभयो ।
नेपालबाट ‘टिम सगरमाथा’ र ‘टिम गौतमबुद्ध’ले प्रतिनिधित्व गर्दै विपद् व्यवस्थापनमा रोबोटिक प्रयोगमार्फत देशको नवप्रवर्तन क्षमतासँग सम्बन्धित भइ विश्वमाझ आआफ्नो प्रस्तुति प्रस्तुत गर्नुहुने पनि सल्लाहकार पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा