2026-09-03 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा पाएको दुःखले रोल्पामा रोजगारीमा जाने युवाको संख्या घट्दै

भदौ २४, रोल्पा । रोजगारीको शिलशिलामा सात वर्ष साउदी अरवमा काम गरेका रोल्पा ह्वामाका खिमबहादुर केसी अचेल सदरमुकाम लिवाङमा आफैँ गाडी किनेर यातायात व्यवसाय गर्छन् । सदरमुकाम लिवाङबाट भित्री ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका उनले मासिक सरदर एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् । 

लिवाङमा स्टेशनरी पसल गर्दै आएका दिलकुमार डाँगी चार वर्ष विदेशमा पसिना बगाएका अर्का युवा हुन् । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेका उनी देशभित्र रोजगारी नपाएपछि विदेशिन बाध्य भएका थिए । अहिले स्टेशनरी पसलबाट दैनिक राम्रै आम्दानी गर्दै आएका उनलाई व्यवसायमा परिवारका अन्य सदस्यले समेत साथ दिने गरेका छन् । 

सदरमुकाम लिवाङमा किराना पसल सञ्चालन गर्दै आएका बालाजु श्रेष्ठ करिब चार वर्ष दक्षिण कोरिया बसेका युवा हुन् । वाणिज्य शास्त्र अध्ययन गरेका उनी पढाइपछि देशमा रोजगारी पाउन नसकेपछि विदेशिन बाध्य भए । दक्षिण कोरिया बसाइमा राम्रै आम्दानी गरेका उनी अब भने विदेश नजाने सोचमा छन् । 

रोजगारीका कुनै विकल्प नभएपछि बाध्यतावंश विदेशिएका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन यी युवा । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेपश्चात् देशभित्र रोजगारीको अवसर नपाउँदा शिक्षित युवा विदेशिन बाध्य भएका छन् । 

घरको कमजोर आर्थिक अवस्थाका कारण विदेशिन बाध्य युवा विदेशमा पाएको दुःखका कारण पछिल्ला दिनमा भने स्वदेशमै रोजगारीका अवसर खोज्न थालेका छन् । विदेशमा गरेको दुःख स्वदेशमै गरे राम्रो आम्दानी गर्न सकिने अनुभवसँगै उनीहरुको धारणामा परिवर्तन आएको छ । 

विदेशमा भनेजस्तो पारिश्रमिक नदिनु, गाह्रो तथा जोखिमपूर्ण काममा लगाउनु तथा भनेका बेला पारिश्रमिक नदिने भएका कारण युवाको विदेश मोह क्रमशः कम हुँदै गएको देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याँकअनुसार आव २०७२/०७३ मा छ हजार ८५७ जनाले विदेश जानका लागि राहदानी लिएकोमा आव २०७३/०७४ मा चार हजार २३६ जनाले मात्र राहदानी लिएको देखिएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ६२१ ले कम हो । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ । 

अघिल्ला वर्षमा दैनिक १८/१९ जनाले राहदानी लिने गरेको भए पनि गत वर्ष यो संख्या घटेर ८÷१० जनामा झरेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नायब सुब्बा डिल्लीराज रेग्मीले बताउनुभयो । राहदानी लिने रोल्पाली युवाको संख्या घट्नु दीर्घकालीन रुपले सकारात्मक भएको बताइएको छ । 

नौ वर्षसम्म कतार बसेका रोल्पा कोर्चवाङका कैलाश घर्तीले विदेश जान इच्छुक विदेश गइसकेको र नयाँ पुस्ताले पढिरहेका कारण विदेश जानेको संख्या घटेको हुनसक्ने बताउनुभयो । विदेश जानेको संख्या घट्नु देशमै रोजगारीका अवसर प्राप्त हुँदैछ भन्ने कुराको संकेत हुनसक्छ घर्तीले भन्नुभयो ।

वैदेशिक रोजगारीमा जाने अधिकांश रोल्पाली ज्यालामजदुरी कामदारको रुपमा रहने भएका कारण दुःख बढी र ज्याला कम हँुदा पनि आकर्षण घट्दै गएको घर्तीले बताउनुभयो । जोखिमपूर्ण कामले अंगभंग हुने तथा मृत्यु हुने संख्यामा आएको वृद्धिसँगै नयाँ पुस्तामा आकर्षण घट्दै गएको उहाँले बताउनुभयो । 

बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा युवाको आबद्धताले पनि यस वर्ष विदेश जाने युवाको संख्या कम भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले बताउनुभयो । जिल्लामा विकास निर्माणका कामसमेत गत वर्ष बढी भएका कारण युवा त्यसमै संलग्न भएर यो संख्या कम भएको उहाँले बताउनुभयो । स्वदेशमै बसेर रोजगारीका अवसर प्राप्त गर्न सकिन्छ भन्ने सोच विकास हुनु सकारात्मक भएको उहाँको भनाइ छ । 

जिल्लामै रोजगारीका अवसर प्राप्त हुन थालेपछि रोल्पाबाट रोजगारीका लागि विदेशिनेको संख्यामा कमी आउन थालेको छ । लामो समयसम्म विदेशमा बसेर काम गर्दासमेत घरको आर्थिक अवस्थामा परिवर्तन ल्याउन नसक्दा युवामा स्वदेशमै बसेर जीविकोपार्जन गर्ने आँट पलाएको हो । विदेशमा सिकेको सीप र अनुभवले स्वदेशमै स्वरोजगार हुन प्रेरित गरेका कारण वैदेशिक रोजगारीमा आकर्षण घट्दै गरेको बताइएको छ । उमा केसी/रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ