१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा पाएको दुःखले रोल्पामा रोजगारीमा जाने युवाको संख्या घट्दै

२४ भाद्र २०७४, शनिबार ०६:५८

भदौ २४, रोल्पा । रोजगारीको शिलशिलामा सात वर्ष साउदी अरवमा काम गरेका रोल्पा ह्वामाका खिमबहादुर केसी अचेल सदरमुकाम लिवाङमा आफैँ गाडी किनेर यातायात व्यवसाय गर्छन् । सदरमुकाम लिवाङबाट भित्री ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका उनले मासिक सरदर एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् । 

लिवाङमा स्टेशनरी पसल गर्दै आएका दिलकुमार डाँगी चार वर्ष विदेशमा पसिना बगाएका अर्का युवा हुन् । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेका उनी देशभित्र रोजगारी नपाएपछि विदेशिन बाध्य भएका थिए । अहिले स्टेशनरी पसलबाट दैनिक राम्रै आम्दानी गर्दै आएका उनलाई व्यवसायमा परिवारका अन्य सदस्यले समेत साथ दिने गरेका छन् । 

सदरमुकाम लिवाङमा किराना पसल सञ्चालन गर्दै आएका बालाजु श्रेष्ठ करिब चार वर्ष दक्षिण कोरिया बसेका युवा हुन् । वाणिज्य शास्त्र अध्ययन गरेका उनी पढाइपछि देशमा रोजगारी पाउन नसकेपछि विदेशिन बाध्य भए । दक्षिण कोरिया बसाइमा राम्रै आम्दानी गरेका उनी अब भने विदेश नजाने सोचमा छन् । 

रोजगारीका कुनै विकल्प नभएपछि बाध्यतावंश विदेशिएका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन यी युवा । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेपश्चात् देशभित्र रोजगारीको अवसर नपाउँदा शिक्षित युवा विदेशिन बाध्य भएका छन् । 

घरको कमजोर आर्थिक अवस्थाका कारण विदेशिन बाध्य युवा विदेशमा पाएको दुःखका कारण पछिल्ला दिनमा भने स्वदेशमै रोजगारीका अवसर खोज्न थालेका छन् । विदेशमा गरेको दुःख स्वदेशमै गरे राम्रो आम्दानी गर्न सकिने अनुभवसँगै उनीहरुको धारणामा परिवर्तन आएको छ । 

विदेशमा भनेजस्तो पारिश्रमिक नदिनु, गाह्रो तथा जोखिमपूर्ण काममा लगाउनु तथा भनेका बेला पारिश्रमिक नदिने भएका कारण युवाको विदेश मोह क्रमशः कम हुँदै गएको देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याँकअनुसार आव २०७२/०७३ मा छ हजार ८५७ जनाले विदेश जानका लागि राहदानी लिएकोमा आव २०७३/०७४ मा चार हजार २३६ जनाले मात्र राहदानी लिएको देखिएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ६२१ ले कम हो । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ । 

अघिल्ला वर्षमा दैनिक १८/१९ जनाले राहदानी लिने गरेको भए पनि गत वर्ष यो संख्या घटेर ८÷१० जनामा झरेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नायब सुब्बा डिल्लीराज रेग्मीले बताउनुभयो । राहदानी लिने रोल्पाली युवाको संख्या घट्नु दीर्घकालीन रुपले सकारात्मक भएको बताइएको छ । 

नौ वर्षसम्म कतार बसेका रोल्पा कोर्चवाङका कैलाश घर्तीले विदेश जान इच्छुक विदेश गइसकेको र नयाँ पुस्ताले पढिरहेका कारण विदेश जानेको संख्या घटेको हुनसक्ने बताउनुभयो । विदेश जानेको संख्या घट्नु देशमै रोजगारीका अवसर प्राप्त हुँदैछ भन्ने कुराको संकेत हुनसक्छ घर्तीले भन्नुभयो ।

वैदेशिक रोजगारीमा जाने अधिकांश रोल्पाली ज्यालामजदुरी कामदारको रुपमा रहने भएका कारण दुःख बढी र ज्याला कम हँुदा पनि आकर्षण घट्दै गएको घर्तीले बताउनुभयो । जोखिमपूर्ण कामले अंगभंग हुने तथा मृत्यु हुने संख्यामा आएको वृद्धिसँगै नयाँ पुस्तामा आकर्षण घट्दै गएको उहाँले बताउनुभयो । 

बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा युवाको आबद्धताले पनि यस वर्ष विदेश जाने युवाको संख्या कम भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले बताउनुभयो । जिल्लामा विकास निर्माणका कामसमेत गत वर्ष बढी भएका कारण युवा त्यसमै संलग्न भएर यो संख्या कम भएको उहाँले बताउनुभयो । स्वदेशमै बसेर रोजगारीका अवसर प्राप्त गर्न सकिन्छ भन्ने सोच विकास हुनु सकारात्मक भएको उहाँको भनाइ छ । 

जिल्लामै रोजगारीका अवसर प्राप्त हुन थालेपछि रोल्पाबाट रोजगारीका लागि विदेशिनेको संख्यामा कमी आउन थालेको छ । लामो समयसम्म विदेशमा बसेर काम गर्दासमेत घरको आर्थिक अवस्थामा परिवर्तन ल्याउन नसक्दा युवामा स्वदेशमै बसेर जीविकोपार्जन गर्ने आँट पलाएको हो । विदेशमा सिकेको सीप र अनुभवले स्वदेशमै स्वरोजगार हुन प्रेरित गरेका कारण वैदेशिक रोजगारीमा आकर्षण घट्दै गरेको बताइएको छ । उमा केसी/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह