2026-08-23 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पले युक्रेनलाई हतियार दिने घोषणा गरेपछि, रूस गर्यो अहिलेसम्मकै ठूलो हवाइ हमला

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गरेको केही घन्टामै युक्रेनमा ठूलो आक्रमण भएको छ। बुधबार रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई हमला गरेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। रूसले युक्रेनका विभिन्न भूभागमा लक्ष्य गरेर ७७८ ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ।

वायुसेनाले यसलाई रूसले युक्रेनमा गरेको अहिलेसम्मकै ठूलो हवाइ हमला भनेको छ। यसअघि जुलाई ४ मा पनि रूसले ५३९ ड्रोन र ११ वटा मिसाइलले युक्रेनी भूभागमा प्रहार गरेको थियो।

ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा गर्दै युद्धविरामका विषयमा पुटिनले बकवास मात्रै गरिरहेको भनेपछि रूसले युक्रेनमा ठूलो संख्यामा हवाइ हतियार प्रहार गरी हमला गरेको हो।

रूसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको तर जब ट्रम्पले युक्रेनको पक्षमा अभिव्यक्ति दिन्छन् तब रूसले अझै बढी हतियार प्रयोग गरी युक्रेनमा हमला गर्ने गरेको सिएनएनले लेखेको छ।

गत साता ट्रम्पले पुटिनसँग कुराकानी गरेको केही घन्टामा रूसले युक्रेनमा भीषण हमला गरेको थियो। त्यतिबेला ट्रम्पले पुटिनसँग युद्धविरामका विषयमा सकारात्मक कुरा नभएको बताएका थिए।

बुधबार रूसतर्फबाट प्रहार भएको ७१८ वटा ड्रोन युक्रेनको एयर डिफेन्स सिस्टमले खसालेको थियो। आक्रमणमा एक जनाको मृत्यु भएको सिएनएनले जनाएको छ। केही मानिसहरू घाइते पनि भएका छन्। बुधबारको हमला उत्तरपश्चिम भोलिन प्रान्तको लुत्स्क सहर लक्षित थियो।

‘हाम्रो प्रान्त ठूलो आक्रमणमा पर्‍यो,’ भोलिन प्रान्तका सैन्य प्रमुख इभान रुद्नित्स्कीले भनेका छ्न्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसलाई युक्रेनमाथि भएको भीषण आक्रमण भनेका छन्।

‘त्यो अत्यन्त ठूलो आक्रमण थियो। जुन युद्धविराम र शान्ति स्थापनाका लागि कैयौं प्रयत्न जारी रहँदा भएको छ। रूस सबै कुरा अस्वीकार गर्दै आइरहेको छ,’ जेलेन्स्कीले भनेका छन्।

उनले रूसलाई आक्रमण रोकेर कसरी शान्तिमा आउन बाध्य पार्न सकिन्छ भनेर सोच्नुपर्ने पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई आग्रह गरेका छन्। रूसले ठूलो संख्यामा ड्रोन र मिसाइल प्रहार गरेपछि मानिसहरूले रेलवे स्टेसनमा रात बिताएका थिए।

रूसले हालै युक्रेनी सहरहरूमा गरेको भीषण आक्रमणका कारण आफूलाई अरू विकल्प नभएको भन्दै युक्रेनलाई हतियार दिने ट्रम्पले बताएका थिए। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नखोजेकाले आफू उनीसँग असन्तुष्ट भएको पनि ट्रम्पले भनेका छन्।

‘हामी केही थप हतियार पठाउनेछौं,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग भनेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो