२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलमा माला, खादा र पहिचानको टोपी प्रयोगमा निषेध,उल्लङ्घन गरे कारबाहीको चेतावनी

२६ असार २०८२, बिहीबार १६:१२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन क्षेत्रमा खादा, माला वा अन्य सजावटी वस्तुहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक क्षेत्र भएको भन्दै कार्यालयले यस्ता वस्तुहरूको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवं सञ्चालनका लागि नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभेल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई यो निर्देशन लागू हुने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै प्रकारको खादा, माला वा अन्य सजावटी वस्तुहरू प्रयोग गर्न पाइने छैन।

यी वस्तुहरूको प्रयोगका कारण अध्यागमन प्रशासनको कार्यमा जोखिम एवं ढिलाइ गराउसक्ने भएकाले यस्ता वस्तुहरूको प्रयोग निषेध गरिएको कार्यालयको भनाइ छ।

त्यस्तै कुने खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरूको प्रयोगमा पनि निषेध लगाइएको छ।

‘कुनै विशेष समूह, संगठन वा ट्राभल एजेन्सी/म्यान पावर कम्पनीको परिचय वा आवद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन। यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्ने प्रयोजनार्थ यो नियम लागू गरिएको हो,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

जारी भएको सूचनाको उल्लंघन भएको पाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली