2026-08-24 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय’: मुख्यमन्त्री सतिशकुमार सिंह

2025-07-10
 काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।
राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ जनकपुरधामद्वारा आज लालगढ़मा आयोजित प्रदेशस्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठक उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताउनुभयो ।
मौसमको प्रतिकूलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढ्ने खतरा रहेको बताउँदै उहाँले चुरे संरक्षणमा तीनै तहका सरकारको साझा प्रयासको आवश्यकता औँल्याउनुभयो । चुरेको मरुभूमिकरण रोक्न नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन् गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले वातावरणमैत्री उत्खनन्बाट प्राप्त नदीजन्य पदार्थ बिक्री गरी आम्दानी वृद्धि गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
सङ्घीयता कार्यान्वयन पश्चात मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा सबभन्दा बढी ७१.४८ प्रतिशत बजेट खर्च भएकोमा खुसी व्यक्त गर्दै उहाँले सो उपलब्धिका लागि प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो