८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिको जिल्ला कमिटी र नेकपाका दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

२४ भाद्र २०७४, शनिबार १५:०५

भदौ २४, भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले आगामी असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र), भक्तपुरले यहाँ आज आयोजना गरेको ‘बृहत राजनीतिक वैचारिक धु्रवीकरण अभियान’ कार्यक्रममा उहाँले अझैपनि प्रतिगामी, जमिन्दारी र पूँजीपति वर्गकै हातमा राज्य सत्ता रहेको भन्दै उहाँले जनताको हातमा राज्यसत्ता अझै नआएको जिकिर गर्नुभयो । 


माओवादी क्रान्ति अझै पनि अधूरो रहेको जिकिर गर्दै उहाँले क्रान्तिलाई प्ूरा गर्न देशव्यापी पार्टी एकीकरण अभियान सुरु गरिएको बताउनुभयो । राजनीतिक स्थिरता र स्थिर सरकार नभएसम्म देशको विकास नहुने चर्चा गर्दै उहाँले राष्ट्रिय एकताबिना राष्ट्रिय स्वाधीनता स्थापना हुनै नसक्ने ठोकुवा गर्नुभयो । 

प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा प्रधानमन्त्री रहने व्यवस्था हुनुपर्ने मागलाई पार्टीले सडक, सदन र सरकारबाट उठाउने उल्लेख गर्दै उहाँले निर्वाचन प्रणालीमासमेत आमूल परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पञ्चायती व्यवस्था कै निर्वाचन प्रणालीका कारण निर्वाचनमा अस्थिरता आएको छ, भोट किनबेच भएको छ, पैसा भएका धनाढ्य र पूँजीपति मात्रै सरकारमा पुगेका छन्, पैसाबिना चुनावमा जानै नसक्ने अवस्थालाई हटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्छ ।” 

माओवादी केन्द्रका भक्तपुर इन्चार्ज देवेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ शक्ति पार्टीका भक्तपुर जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य ओम वाग्लेको नेतृत्वमा सिंगो जिल्ला कमिटी विलय हुनुका साथै केन्द्रीय तथा जिल्लाका ६५ जना र नेकपा माओवादी (विप्लब) समूहका मजदुर नेता युवराज आचार्यको नेतृत्वमा ७२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता