काठमाडौँ | नेपाल राष्ट्र बैंकले बंगलादेश र श्रीलंकाको मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा राख्ने भएको छ । शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले यस्तो व्यवस्था गर्न लागेको हो ।
बंगलादेश र श्रीलंकालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगानी मौद्रिक नीतिमा उल्लेख छ । योसँगै नेपालमा बंगलादेश र श्रीलंकाको मुद्राको काराबोर गर्ने बाटो खुला भएको छ ।