२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने

२९ असार २०८२, आईतवार १७:३९

काठमाडौँ | सांसदहरुले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाअन्तगर्तको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले वित्तीय सङ्घीयताका लागि आयोगलाई सक्रिय बनाउन र प्राकृतिक स्रोतको राजश्व बाँडफाँटलाई समन्ययिक बनाउन आवश्यक कानुन तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद उदयबहादुर बोहोराले वित्तीय सङ्घीयताका लागि आयोगले प्रभावकारी भूमिका खेल्न नसकेको जिकिर गर्नुभयो । सांसद शेखरकुमार सिंहले स्थानीय सरकारले सङ्घीयता सवलीकरणका लागि बढी मेहेनत गर्न जरुरी भएको बताउनुभयो । सांसद जगप्रसाद शर्माले सङ्घीयता सवलीकरणका लागि आयोगलाई नीतिगत रुपमा बलियो बनाइनुपर्नेमा जोड दिनुभयो ।

सांसद इन्दिरादेवी गौतमले प्राकृतिक स्रोतसाधनको पहिचान र व्यवस्थापनतर्फ ध्यान दिन सुझाव दिनुभयो ।
सांसद विष्णुकुमारी सापकोटाले सङ्घीयतालाई सफल बनाउने आधार स्थानीय सरकार भएको भन्दै प्राकृतिक कच्चापदार्थको सदुपयोग गरेर आर्थिक सवलीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद किरणबाबु श्रेष्ठले वित्त आयोग र सरकारको कामबीच प्रभावकारी समन्वय हुन जरुरी रहेको बताउनुभयो । सांसद नारायणदत्त मिश्रले प्राकृतिक स्रोत र राजश्व बाँडफाँटलाई सन्तुलित र जवाफदेही बनाइनुपर्ने बताउनुभयो ।

वित्तीय सङ्घीयता कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारबाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्थाका बारेमा समितिले आयोगका पदाधिकारीहरूसँग छलफल गरेको हो । समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनतर्फ आयोगको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगको कामकारबाहीलाई थप प्रभावकारी र पारदर्शी बनाउन सरोकार भएका पक्षसँग छलफल गरी थप रणनीति तय गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आयोगका सिफारिस कार्यान्वयनमा विलम्ब भइरहेको गुनासो गर्नुभयो । आयोगले ५७ वटा सुझाव दिएकामा पाँच वटामात्रै आंशिक रुपमा कार्यान्वयनमा आएको उहाँले उल्लेख गर्नुभयो ।

आयोगका तर्फबाट प्रस्तुतीकरण गर्दै कार्यवाहक अध्यक्ष गुरुङले प्राकृतिक स्रोतसम्बन्धी एकीकृत कानुन तर्जुमा गरी कार्यान्वयन ल्याउन सरकारसमक्ष माग गर्नुभएको छ । आयोगका सिफारिस र सुझाव कार्यान्वयन हुनुपर्ने तथा राजस्व अनुमान यथार्थपरक बनाउन मार्गदर्शन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आन्तरिक ऋणको परिचालन र उपयोगलाई ऋणको पासोमा नपर्नेगरी व्यवस्थापन गर्न, प्राकृतिक स्रोतबाट प्राप्त हुने राजश्व बाँडफाँटलाई समन्यायिक बनाउँदै तीन तहको सरकारबीचको अनुपात पुनरावलोकन गरी सिफारिस कार्यान्वयनका सन्दर्भमा आवश्यक निर्देशनको अपेक्षा गरेकोे कार्यवाहक अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै