९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसद्वारा लोहारको निधनमा शोक

२५ भाद्र २०७४, आईतवार ०९:११

भदौ २५, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिले पूर्व केन्द्रीय सदस्य एवं पूर्व सहायकमन्त्री प्रतापराम लोहारको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यालय आज एक दिन बन्द गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेता लोहारको निधनप्रतिे दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । लोहारले नेपालको दलित आन्दोलनमा समेत योगदान गर्नुभएको छ । समाजसेवी लोहारको निधनले पार्र्टी स्तब्ध र मर्माहत भएको मुख्य सचिव पौडेलले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेता लोहारले काँग्रेसको संगठन तथा दलित उत्थानमा पु¥याउनुभएको योगदान पार्र्टीको इतिहासमा सदा स्मरणीय रहने काँग्रेसले जनाएको छ । उहाँको निधनबाट पार्र्टी र समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको बैठकको निष्कर्ष छ । 

बैठकले स्व लोहारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पूर्व केन्द्रीय सदस्य स्व लोहारप्रति सम्मान प्रकट गर्दै आज देशभरका काँग्रेस कार्यालय बन्द गरिनाका साथै आजदेखि मंगलबारसम्म पार्र्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्र्टीको झण्डा आधा झुकाउने निर्णय पनि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै