२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव सम्पन्न

३० असार २०८२, सोमबार १८:०६

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक समारोहका बीच आफ्नो ४३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र ‘रेडियोथेरापी’, ‘बोनम्यारो’ प्रत्यारोपण, र फार्मेसी विस्तारजस्ता महत्त्वपूर्ण सेवाहरू सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक दुई हजार २०० देखि दुई हजार ५०० बिरामी ओपिडीमा सेवा लिन आउने गर्दछन् भने आकस्मिक कक्षमा दैनिक १४० देखि १५० बिरामी आउने गरेका छन् । विपन्न तथा असहाय नागरिकका लागि ६३ वटा श्यया निःशुल्क प्रदान गरिएको उहाँले बताउनुभयो ।

डा आचार्यले अस्पतालमा हालसम्म ९०० वटा मिर्र्गाैला प्रत्यारोपण र १९ वटा कलेजो प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो । हाल अस्पतालमा ५८ वटा आइसियु, ९७ वटा ‘एचडियु बेड’ सञ्चालनमा छन् । वार्षिक करिब २० हजार बिरामीले डायलासिस सेवा लिने गरेका छन् ।

विसं २०८१ को वैशाखदेखि चैतसम्म पाँच लाख ३२ हजार ४२० जना बिरामीले ओपिडी सेवा प्राप्त गरेका छन् भने ४६ हजार ७६१ जनाले आकस्मिक सेवा लिएका छन् । सो अवधिमा २१ हजार १०६ वटा शल्यक्रिया सम्पन्न भएका छन् ।

वार्षिकोत्सवकै अवसर पारेर आज विस्तारित सेवा भवनको उद्घाटन गरिएको छ । यसै अवसरमा अस्पतालले १५ श्ययाको ‘इमर्जेन्सी ग्रिन एरिया वार्ड’ र अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवा पनि सञ्चालनमा ल्याएको छ ।

विसं २०३८ मा स्थापना भएको त्रिवि शिक्षण अस्पतालले २०४० सालको असार ३० गतेदेखि ओपिडी सेवा सुरु गरेको थियो । हाल अस्पताल एक हजार ५० वटा श्ययामा सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै