२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा ८१ अङ्कको वृद्धि ,कारोबार रकम २० अर्ब नाघ्यो

७ श्रावण २०८२, मंगलवार १६:४९

काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको वृद्धिले निरन्तरता पाएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा ८०.९७ अङ्कको उत्साहजनक वृद्धि भएको हो । योसँगै बजार २९७३.७३ को विन्दुमा पुगेको छ। यो २.७९ प्रतिशतको वृद्धि हो।

आज बजारमा कारोबार रकम २० अर्ब नाघेको छ । दिनभरमा कुल २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ को कारोबार भएको छ। दिनभरमा ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर १ लाख ७७ हजार १०१ पटक खरिदबिक्री भएको थियो।

कुल कारोबारमा आएका ३१९ क्रिपका २५० कम्पनीमध्ये २३६ कम्पनीको शेयर मूल्य बढेको छ । जम्मा १४ कम्पनीको मूल्यमा गिरावट आएको छ। कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेन।

आज बजारमा सबै समूहका सूचक सकारात्मक हुँदा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन तथा लघुवित्त समूह चार प्रतिशत भन्दा धेरैले बढेको छ । आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट्स र सान्भी इनर्जी अग्रस्थानमा रहे। ट्रेड टावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । शिवम् र सान्भीको मूल्यमा क्रमशः ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ७१ करोड ८८ लाखको कारोबार भयो। त्यस्तै शिवम् सिमेन्ट्सको ६८ करोड ८३ लाख र हिमालयन रिइन्स्योरेन्सको ५६ करोड १ लाखभन्दा बढीको कारोबार भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य