भदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प "/>
९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैन: प्रचण्ड

२७ भाद्र २०७४, मंगलवार १२:३९

भदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । 

संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उहाँले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तनकामी शक्तिबीच एकता अपरिहार्य रहेको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी आन्दोलन कमजोर हुँदा समावेशी, समानुपातिक प्रतिनिधित्व, महिला दलित, मधेसी, आदिवासी, जनजातिको माग र मुद्दा कमजोर हुने हो कि भन्ने चिन्ता सबैतिर व्याप्त छ । सोही कारण पनि परिवर्तनकारी सबै शक्ति मिल्नुको विकल्प छैन ।” 

मोहन वैद्य, डा बाबुराम भट्टराई र नेत्रविक्रम चन्दतिर संकेत गर्दै उहाँले भन्नुभयो, “केही मान्छेहरु अझै पनि निद्रामा नै छन् । उनीहरु ब्युँझने बित्तिकै एकता प्रक्रिया आउँछन् । जो जहाँ ब्युँझियो, त्यहीँबाट अभियानमा केन्द्रित हुनु जरुरी छ ।” 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनले छुट्टाछुट्टै नबस्न निर्देशन दिएको भन्दै उहाँले माओवादी धारामा नै रहेका र त्योभन्दा बाहिर रहेका जुनसुकै शक्तिलाई पनि एकता प्रक्रियामा सहभागी हुनै पर्ने बाध्यतासमेत आइपरेको बताउनुभयो । 

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अभियान चलिरहँदा तराई मधेसमा माओवादीको पक्षमा उल्लेख्य जनउभार आएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “हिमाल, पहाड तथा तराईलाई एकताबद्ध बनाएर लैजाने शक्ति माओवादी मात्रै हो भन्ने जनस्तरमा स्थापित भएको छ । यसले संघीय र प्रदेश निर्वाचनसम्म पुग्दा माओवादी पुनः बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने अवस्था देखिएको छ ।” 

माओवादीले अगाडि सारेको राष्ट्रिय कार्यसूची एवं राष्ट्रिय एजेण्डाका कारण जनउभार आएको भन्दै अध्यक्ष दाहालले साघँुरो सोच र मानसिकता त्यागेर एकीकृत राष्ट्रिय एकताको प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो । 

संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनले मुलुकलाई एउटा नयाँ दिशामा लैजाने उहाँको कथन थियो । 

कार्यक्रममा संघीय समाजवादी फोरमका नेता नवीन रोकाले परिवर्तनकारी एजेण्डा संकटमा पर्ने अवस्था आएको भन्दै आफूहरु एकता प्रक्रियामा आएको र यसलाई तार्किक निष्कर्षमा पु¥याएरै छाडिने बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्यूरोका नेता अविरल न्यौपानेले क्रान्तिको नाममा माओवादी आन्दोलन कमजोर पार्ने गतविधिमा नेत्रविक्रम चन्द समूह लागेकाले आफूहरु मूलघरमा फर्किएको बताउनुभयो । 

नेपाल माओवादी पार्टीका अध्यक्ष थमानसिंह सिंहले माओवादी आन्दोलनले उठाएका राजनीतिक एजेण्डालाई पूर्णता दिन सबै क्रान्तिकारी शक्तिबीच एकता प्रक्रिया जरुरी रहेको बताउनुभयो । कार्यक्रममा ती पार्टीका सयौँ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै