Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एक तोला सुनको मूल्य दुई लाख नजिक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ |  नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ६०० सय रुपैयाँ कायम भएको छ।

 

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो सातादेखि सुन-चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ।

 

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको भाउ २ हजार ३२० रुपैयाँ पुगेको थियो।