२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेल योजना मार्फत धादिङकी कार्की करोडपति, परिवारमा खुसीको लहर

२०८२, ११ श्रावण शनिबार १५:३०

काठमाडौँ | धादिङको गंगाजमुना गाउँपालिका–६, बाँगेपिपलकी पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँ बम्पर नगद पुरस्कार जितेकी छिन्।

एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्कीलाई बम्पर पुरस्कार हस्तान्तरण गरे। पुरस्कार थाप्दै कार्कीले भनिन्, “अब भने साँच्चै हाम्रो पनि दिन आयो।”

कार्कीले आठ वर्षअघि लिएको एनसेल सीम प्रयोग गर्दै असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल प्याक’ किनेर योजनामा स्वतः सहभागी भएकी थिइन्।

२०७२ को भूकम्पमा उनले एक महिनाका कान्छो छोरा गुमाएकी थिइन् भने नयाँ बनाएको घरसमेत भत्किएको थियो। त्यसपछि उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन्।

महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी कार्कीका श्रीमान हाल बहराइनमा छन् र छोरा काठमाडौंमा अध्ययनरत छन्। उनी केही समय काठमाडौंमा सानो व्यापारमा संलग्न भइन्, तर घाटा भएपछि फेरि श्रीमानलाई विदेश पठाएकी थिइन्।

कार्कीले भने, “अब ऋण तिर्छौं, श्रीमानको स्वास्थ्यको ख्याल राख्दै नेपालमै सँगै बसेर केही उद्यम गर्ने सोच छ। छोराको पढाइमा पनि लगानी गर्छौं।”

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सञ्चालन गरेको सो योजना १२ हप्ताका लागि थियो, तर पाँचौं हप्तामै साउन १ गतेबाट बन्द गरिएको थियो।

उक्त योजनामा कार्कीले बम्पर पुरस्कार जितेकी हुन् भने अन्य ५० जनाले साप्ताहिक रूपमा जनही १ लाख रुपैयाँ जितेका छन्। हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण भइसकेको एनसेलले जनाएको छ।

एनसेल अधिकारी कबिरले भने, “पार्वती कार्कीको कथा आशाको कथा हो। उहाँ यो रकम आफ्नै व्यवसाय सुरु गर्न प्रयोग गर्नुहुनेमा हामी विश्वस्त छौं।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी