९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच दिनपछि प्रदेश-२ मा निर्वाचन, किन गएनन् ओली ?

२८ भाद्र २०७४, बुधबार ११:१७

भदौ २८, काठमाडौं । असोज २ गते हुने तेश्रो चरणको निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ त्यसमा पनि ४८ घण्टे मौन अवधिमा सुरु भएपछी कुनै गतिबिधि वा कार्यक्रममा सहभागी हुन पाइन्न । अब भदौ २९ र ३० गते एमालेको खासै ठूला चुनावी कार्यक्रम छैनन् । 

एमालेका अध्यक्ष केपी ओली मधेस किन गएनन् भन्ने चर्चाले मधेसमा व्यापकता छाएको छ । कतिपयले यति महत्वपूर्ण समयमा केपी वली मधेस नजानुलाई अचम्म मानेका छन् भने केहिले भने मधेससँग ओली डराएको भन्नेसम्मका तर्क गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बाढी पिडितलाई राहत वितरणसंगै बिभिन्न कार्यक्रममा सहभागी बन्दै मधेसमा तहल्का मच्चाईरहेको बेला एमालेको त्यति चर्चा छैन । त्यसमा पनि एमालेलाई एक पक्षमा राखेर उसको विपक्षमा मधेसवादीदेखि कांग्रेस-माओवादीसम्म लागि परेका छन् । 

संबिधान संसोधन प्रस्तावदेखि झन् एमालेप्रति मधेसको धारणा फरक परेको छ । सुरुवाती चरणमा एमालेलाई बढार्न भन्दै कुचो लिएर निस्किएको समाचार निकै भाइरल बनेको थियो तर निर्वाचनको मुखमा त्यस्ता गतिबिधि गर्न आचारसंहिताले नदिने भएपछी खुलमखुला एमाले बिरोधका घटना नभएपनि भित्री रुपमा एमालेलाई मधेसमा डर छ । यही डरको कारण एमाले अध्यक्ष केपी वली मधेस नगएको भन्ने कतिपयको धारणा छ । 

तर यस बिषयमा एमालेले भने फरक कुरा बताएको छ । एमालेको अनुसार ओलीनै जाने जस्ता भव्य कार्यक्रम नभएकाले ओली मधेस नगएका हुन् । एमालेले केहि समय अघि ओली सहित शिर्ष नेताहरु तेश्रो चरणको निर्वाचनमा जाने भन्ने निर्णय भएको थियो तर ओली आजसम्म मधेस नगई त्यहाँको जिम्मेवारी माधव नेपाल र इश्वर पोख्रेलले सम्हालेका छन् । पार्टीमा भोट बटुल्न जस्तोसुकै प्रयास पनि नछाड्ने एमाले त्यसमा पनि अध्यक्ष ओली मधेस नझार्नु ठूलो आमसभा नै मुख्य कारण नभएको कतिपयको बुझाई छ । 

एक जना एमाले नेताको अनुसार सत्ताधारी र मधेसवादीहरुले विभिन्न ठाउँमा अघोषित रुपमा एमालेविरुद्ध तालमेल गरेको भन्दै एमालेलाई मधेसमा सजिलो स्थिति नभएको स्वीकारेका छन् । एमालेले गाउँस्तरसम्म आफ्नो कार्यकर्तालाई परिचालन गरि भित्रभित्रै चुनावमा केन्द्रित भएकोले पनि ओलीनै डाक्नेगरि ठूलो कार्यक्रम गर्न सक्ने स्थिति तत्काल देखिन्न । त्यसमा पनि भित्रि कुरा के पनि हो भने ठूलो कार्यक्रम गर्दा एमालेलाई डर उत्तिकै छ कि कार्यक्रममा बिरोधिहरुले अवरोध गर्नेछन् भने एमालेले त्यसको सामाना गर्दा ठूलो झडप हुनेछ । यसरी झडप हुने स्थिति आए त्यसको असर एमालेलाई नै हुने देखिन्छ । 

एमालेले १ लाखभन्दा सानो मासमा ओलीको सहभागिता नहुने कुरालाई मधेश नझर्नुको कारण बताइएपनि वास्तविकता त्यसो नहुनसक्छ किनकी यस अघिको २ चरणको कार्यक्रम जहान ओलीको सहभागिता थियो, सबै ठाउँमा १ लाख भन्दा बढीको सहभागिता थिएन । यस बिषयले पनि ओली मधेस नझर्नुमा मधेशसँग डराएका छन् भन्नेहरुलाई बल मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै