2026-09-13 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५० खर्ब रूपैयाँ पुग्यो सेयर बजारको आकार,इतिहासमा पहिलो पटक

काठमाडौँ | नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दु रहेर बजार बन्द हुँदा सेयर बजारको आकार पहिलो पटक ५० खर्ब रूपैयाँ पुगेको छ। बजार लगातार बढ्न थालेसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) ले नयाँ रेकर्ड बनाएको हो। बजार पुँजीकरणलाई सेयर बजारमा रहेको लगानीकर्ताहरूको सम्पत्ति समेत भनेर बुझिन्छ। सेयर मूल्यमा आउने उतारचढावको आधारमा यसमा घटबढ भने भइरहन्छ। लगानीकर्ताले सेयर बिक्री गरेर हात पार्ने रकम नै उसको वास्तविक सम्पत्ति हुन्छ।

मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ विन्दुमा आएको थियो। नेप्सेले एक वर्षअघिको उच्च विन्दु पार गरेको हो। २०८१ साउन ३१ मा नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसैले मंगलबार नेप्से करिब चार वर्षयताकै उचाइमा आइपुगेको हो। यसअघि नेप्से २०७८ भदौ १० गते ३०९४मा बन्द भएको थियो। मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो। आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो। मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ।

यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको मूल्य सर्किट लेभलमा बढेको छ। समता घरेलु लघुवित्तको मूल्य सर्वाधिक ८.६० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १४८ रूपैयाँ ८४ पैसामा झरेको छ। यसैगरी, विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य २.९३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५९५ रूपैयाँ ५१ पैसा कायम भएको छ। मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ५२४ रूपैयाँ ६४ करोड ४१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले