Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ : सञ्चारमन्त्री

२०७४, २९ भाद्र बिहीबार ११:०६

भदौ २९, काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । 

कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

“अबको एक महिनाभित्र सूचना प्रविधिको विकासका लागि नयाँ कार्ययोजना ल्याउँदै छौँ,” उहाँले भन्नुभयो – “अहिले म सूचना प्रविधिको विकासका लागि गहन अध्ययनमा रहेको छु ।’’ 

मन्त्री बस्नेतले प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि योजना ल्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “नयाँ कानून बनाएर हुन्छ कि संशोधन गरेर हुन्छ नेपाललाई ‘डिजिटल’ युगमा लानुपर्छ ।” 

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना प्रविधि क्षेत्रमा विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । 

भृकुटीमण्डपमा शुरु भएको क्यान कमटेक आउँदो असोज १ गतेसम्म सञ्चालन हुनेछ । सूचना प्रविधि क्षेत्रमा आएका पछिल्ला विकासबारे जानकारी गराउन कमटेक आयोजना गरिएको क्यानका कार्यबाहक अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिनुभयो । 

कमटेकमा सूचना प्रविधिसँग सम्बन्धित करिब ९० कक्ष रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै