2026-08-23 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भ्रष्टाचार बिरुद्धको ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त प्रधानमन्त्री ज्यु?’-सांसद साह

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै नबिर्सने दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा रास्वपाका तर्फबाट बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘सभामुख महोदय, भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु,’ सांसद साहले भने, ‘जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला । जनताले बिर्सिने छैनन्, हामी कुनै पनि हालतमा बिर्सिन दिने छैनौँ ।’ उनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपालाई व्यवस्था र संसद् विरोध भनेको प्रति आपत्ति जनाए ।

‘प्रधनमन्त्रीज्यूले केही दिन अघि रास्वपालाई व्यवस्था विरोधी र संसद् विरोधी भनिराख्दा मलाई गालिबको एउटा शायरी याद आयो । ‘उम्रभर गालिब यही भूल कर्ता रहा, धुल चेहेरे पे थि और आएना साफ करता रहा’,’ साहले भने, ‘धुलो त ऐना हेर्ने तपाईंहरूकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’

सांसद साहले पूर्वमन्त्री राजकुमार गुप्ताको ‘घुस डिल’को अडियो सार्वजनिक भए पनि उनीमाथि कारबाही नभएको भन्दै आपत्ति जनाए ।

‘यो कस्तो परम्परा हो, भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो । अनि राजीनामा दिएपछि सबै पखालियो रु राजीनामा भनेको त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगा स्नान पो भएछ,’ साहले भने, ‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई किन अदृष्य शक्तिको संरक्षण दिइरहेको छ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो