Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साताको दोस्रो दिन नेप्से परिसचकमा दोहोरो अंकको वृद्धि,१० अर्ब माथिको कारोबार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसचक १६.६५ अंकले बढेर २८७५.५५ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२५ कम्पनीको २ करोड ७१ लख ६९ हजार ७५५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७३ प्रतिशतका दरले कमाएका छन् । यस्तै श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् ।

आज ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

यस दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।