१० फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध

२९ भाद्र २०७४, बिहीबार १२:३४

भदौ २९, काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ । 

कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भए पनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारवाहीको माग गरेको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिशसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ । 

एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । यसैबीच सप्तकोशी नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का तर्फबाट उपप्रमुख पदका आकांक्षी रहनुभएका वडा नं २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी आज एमालेमा प्रवेश गर्नुभएको छ । 

यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओली सो प्रदेशको स्थानीय तहको चुनावको सन्दर्भमा शुक्रबार जीतपुर, सिमरा र बर्दिबासका चुनावी सभामा सम्बोधन गर्नुहुने भएको छ । एमालेका वरिष्ठ नेता भलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत नेताले पनि तराईका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध रूपमा बोकेको अमेरिकी डलर सहित १ जना व्यक्ति पक्राउ पार्टी एक्लौटी रुपमा चलाउन खोजेकाले हामी अलग हुन बाध्य भयौं: जसपाका नेताहरु म्याग्दीको एउटै वडामा ३ जलविद्युत् आयोजनाको निर्माण सुरु सूचना मागेपछि निकालिए शिक्षक, ती शिक्षकलाई पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना युवा पक्राउ कतारमा सडक दुर्घटनामा परी युवा उद्यमी तथा समाजसेवी आचार्यको मृ-त्यु एपिएफका खेलाडी प्रदिप लामाको उपचार भरतपुरमा हुँदै आज पनि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना नीता लेख्छिन्- नेपाल बस्दा करिअर ध्वस्त हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको छ काठमाडौंमा रोलरको ठक्करबाट मृत्यु सामाजिक सञ्जाल विधेयकबारे प्रधानमन्त्री- हिजो टिकटक प्रतिबन्ध गर्नेले आज चर्का कुरा गर्दैछन् सहकारी ठगी प्रकरण: रविलाई थुन्ने कि छविलाई छाड्ने भन्ने टुंगो एकैपटक लाग्ने जेलेन्स्कीद्वारा अमेरिकी प्रस्ताव अस्वीकार आईटी पढ्नेलाई क्यान महासंघले २ करोड १३ लाख बराबरको छात्रवृत्ति दिने हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल १५ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने फरार अभियुक्त तामाङ पक्राउ अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन: गगन थापा ट्रम्प नीतिको डरले ११ वर्षीया बालिकाद्वारा आत्महत्या