२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार १.९४ अंकले घट्यो, माइक्रोफाइनान्समा आकर्षण

२२ श्रावण २०८२, बुधबार १६:०१

काठमाडौँ | बुधबार सेयर बजार झिनो अंकमा घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से जम्मा १.९४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८३२ मा रहेर बन्द भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनाअघि २ अंक बढेको बजार गणनापछि घट्यो ।

कारोबारका क्रममा दिउँसो १ : ४६ बजे बजार २८५६ अंकसम्म पुगेको थियो । ११ : ३७ बजे २८२८ अंक आजका लागि न्यूनतम अंक रह्यो । ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो । आज माइक्रोफाइनान्समा आकर्षण देखिएको छ । माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक वर्षकै नाफाबाट सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने चर्चा बजारमा चलेसँगै यो समूहमा आकर्षण देखिएको हो । सो समूह १.४१ प्रतिशत बढ्यो ।

त्यस्तै लगानी ०.४९, अन्य ०.४४ प्रतिशत बढे । बैंकिङ ०.४७, विकास बैंक ०.६१, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३६ तथा व्यापार ०.६६ प्रतिशत घटे ।

 

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, माहुली लघुवित्त तथा ट्रेड टावर छन् । त्यस्तै समाज लघुवित्तको ७.९३, स्वाभिमान लघुवित्तको ७.८३ प्रतिशत मूल्य बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको ३.७८, समता घरेलु लघुवित्तको २.७२, युनिलिभर नेपालको २.७१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान