काठमाडौँ | पेट दुखेको भन्दै साउन २०गते अस्पताल लगिएको एक किशोरीले त्यही दिन शिशु जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ती अविवाहित किशोरीले बलात्कारबाट गर्भवती भएको बताएकी छिन्। पेट दुखेको भन्दै परिवारले अस्पताल ल्याएपछि उनले बच्चा जन्माएकी थिइन्।
प्रहरीका प्रवक्ता माधव खरेलका अनुसार, किशोरीले विभिन्न समयमा जबरजस्ती करणी भएको बयान दिएपछि अनुसन्धान थालिएको हो। घटनापछि ५० वर्षीय एक पुरुषलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले जनाएको छ कि ती किशोरीले बलात्कारको विषयमा सुरुमा आफ्नै परिवारलाई समेत जानकारी गराएकी थिइनन्। अस्पतालमा भर्ना गरेपछि मात्रै गर्भवती भएको थाहा पाइएको हो।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।