2026-09-13 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेट दुखाइमा अस्पताल पुगेकी किशोरीले जन्माइन् बच्चा, बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ

गर्भवती थाहा नपाई अस्पताल गएकी किशोरीबाट जन्मिएको शिशु

काठमाडौँ | पेट दुखेको भन्दै  साउन २०गते अस्पताल लगिएको एक किशोरीले त्यही दिन शिशु जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ती अविवाहित किशोरीले बलात्कारबाट गर्भवती भएको बताएकी छिन्। पेट दुखेको भन्दै परिवारले अस्पताल ल्याएपछि उनले बच्चा जन्माएकी थिइन्।

प्रहरीका प्रवक्ता माधव खरेलका अनुसार, किशोरीले विभिन्न समयमा जबरजस्ती करणी भएको बयान दिएपछि अनुसन्धान थालिएको हो। घटनापछि ५० वर्षीय एक पुरुषलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीले जनाएको छ कि ती किशोरीले बलात्कारको विषयमा सुरुमा आफ्नै परिवारलाई समेत जानकारी गराएकी थिइनन्। अस्पतालमा भर्ना गरेपछि मात्रै गर्भवती भएको थाहा पाइएको हो।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले