२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भित्री वस्त्रमा कोकिन लुकाएर नेपाल आएकी २१ वर्षीय इमिली पक्राउ

२४ श्रावण २०८२, शुक्रबार १२:२८

काठमाडौँ | भित्री वस्त्रमा कोकिन लुकाएर नेपाल आएकी ब्राजिलियन महिला पक्राउ परेकी छन्। ब्राजिलबाट दोहा हुँदै बुधबार नेपाल आएकी २१ वर्षीय इमिली मिकाइली सन्तोष फेरेइरालाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्युरोको शाखा कार्यालय छ। उक्त कार्यालयबाट खटिएको टोलीले लागुऔषध ल्याउनसक्ने व्यक्तिहरूमाथि निगरानी राख्छ। इमिलीको गतिविधि शंकास्पद देखिएपछि ब्युरोको टोलीले निगरानी गरेको एसपी जीवन निरौलाले जानकारी दिए।

उनी नेपाल आएर पनि भुटान जाने तयारीमा थिइन्। उनीमाथि शंका लागेर विमानस्थलको प्रस्थान कक्षमा प्रहरीले रोकेको थियो। तलासी लिएपछि उनले लगाएको भित्री वस्त्र (ब्रा) भित्र लागुऔषध कोकिन भेटिएको एसपी निरौलाले बताए।

तरल अवस्थाको एक किलो ९५० ग्राम कोकिन बरामद भएको हो। कन्डम र पानीको बोतलभित्र तरल अवस्थामा रहेको कोकिनलाई प्रहरीले बरामद गरेको हो। ब्युरोले उनीमाथि लागुऔषध (नियन्त्रण)ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान