१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले आचारसंहिता उल्लंघन गरेको छैन: महरा

३० भाद्र २०७४, शुक्रबार ०५:२९

भदौ ३०, चितवन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताउनुभएको छ । 

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताउनुभयो । उपप्रधानमन्त्री महराले भन्नुभयो “निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।” आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उहाँले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताउनुभयो । 

सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उहाँले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो “आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो ।” पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन आज बिहान उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आउनुभएको हो । निजी नम्बरको गाडीमा उहाँ चितवनको माडी हुँदै ठोरीतर्फ जानुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह