२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तरी वर्ष कटेपछि चुनाव नलडौँः रक्षा मन्त्री

३१ भाद्र २०७४, शनिबार ०९:१७

भदौ ३१, काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताउनुभएको छ । 

काठमाडौँस्थित निर्वाचन क्षेत्र नं ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव नपाउने व्यवस्था कानूनीरुपमै व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामीले आफूले मात्र सधैँभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुईपटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्छ ।’ 

मन्त्री प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थितरता आउने बताउनुभयो । राजनीतिक स्थितरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उहाँले आर्थिक समृद्धिले मात्र देशमा शान्ति स्थापना हुने उल्लेख गर्नुभयो । 

रक्षा मन्त्रालय अहिले काठमाडौँ नीजगढ द्रूतमार्ग बनाउने काममा लागेको जानकारी दिँदै मन्त्री प्रधानले केही महिनाभित्रै काम शुरु भई चार वर्षमा निर्माण गरिसक्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल