काठमाडौँ | नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।