१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलेजका विद्यार्थीलाई लुट्ने र स्कुटर चोर्ने समूह पक्राउ

४ भाद्र २०८२, बुधबार १२:३३

काठमाडौँ | पाँच दिनअघि लैनचौरस्थित निस्ट कलेजमा पढ्ने एक जना विद्यार्थी अपहरणमा परे । अपरिचित व्यक्तिहरूले उनलाई स्कुटरमा राखेर एकान्तमा लगे । उनीसँग भएको मोबाइल सहितका सामान लुटपाट गरे अनि, उनलाई छाडिदिए । त्यसबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले विद्यार्थीलाई लुट्ने र स्कुटर चारी गर्ने समूहलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौँको म्हेपी पुलबाट दुई जना र काभ्रेस्थलीबाट चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामेछापको रस्नालु घर भएर ग्राण्डी बस्ने २० वर्षीय प्रकाश तामाङ, काभ्रे घर भएका २२ वर्षीय मिलन तामाङ छन् । उनीहरूलाई म्हेपी पुल नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । त्यस्तै नुवाकोटको लिखु घर भएका २५ वर्षीय संग्राम राई, सुनसरी घर भएका २१ वर्षीय दिपेश लिम्बु, स्याङ्जा घर भएका १६ वर्षीय साहिल क्षेत्री, मकवानपुर घर भएर टोखा बस्ने २७ वर्षीय शम्भु माझीलाई प्रहरीले काभ्रेस्थलीबाट पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोङ्गबुका इन्स्पेक्टर शरणविक्रम शाह र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको हो । स्कुटर चोर्ने र त्यहाँ स्कुटर प्रयोग गरेर उनीहरूले लुटपाट धन्दा चलाउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । मकवानपुरको बागमती घर भएर टोखा नगरपालिका–८ बस्ने शम्भु माझीको साथबाट प्रहरीले चोरीको स्कुटर बरामद गरेको छ । माझीले सो स्कुटर आफूले अरूसँग खरिद गरेको बयान दिएका छन् । आरोपीहरूको साथबाट प्रहरीले दुई वटा चोरीको स्कुटर पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का