२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा थवाङ गाउँपालिका अध्यक्षलाई यस्ता तीन सर्त राखेर छाडियो

२०७४, १ आश्विन आईतवार ११:३९

असोज १, काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलार्इ अपहरण गरेको करिब ४० घण्टापछि मुक्त गरिएको छ ।

थवाङ गाउँपालिकाको गाउँसभा रोक्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीलाई विहीबार राति ससुराली गाउँबाट अहपरण गरी लगेका थिए ।

थबाङको गाउँसभामा प्रचण्ड पनि आउने थाहा पाएपछि विप्लवकका कार्यकर्ताले घर्तीलाई अपहरण गरी लगेका थिए । वीरबहादुरको अपहरण भए पनि प्रचण्ड शनिबार हेलिकोप्टरमा थबाङ पुगेर राजधानी फर्किसकेका छन ।

शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ प्रमुख अतिथि बनाएर गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा गाउँसभा सकिएपछि घर्ती सकुशल मुक्त भएका हुन् ।

शनिवार साँझ ७ बजेको समयमा स्थानीय पत्रकारको रोहबरमा थवाङ र सदरमुका लिवाङको सिमाना भनभने भन्ने स्थानाबट घर्ती मुक्त भएका हुन् । घर्तीलाई स्थानीय पत्रकारको जिम्मा लगाएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घर्ती अपहरणको जिम्मेवारी नेकपाले लिएको थियो । विप्लवका कार्यकर्ताहरूले घटनाको जिम्मेवारी लिँदै आफ्नो अनुमतिबिना गाउँसभा गर्न लागेकाले अपहरण गरिएको जनाएका छन् । 

उनलाई अपहरण मुक्त गरेपछि एक विज्ञाप्ति मार्फत जिल्ला जन परिषद रोल्पाका संयोजक लाल बहादुर वलीले भनेका छन् – 'देशम यति बेला नेपाली जनताको जनसत्ता र दलाल संसदिय ब्यबस्थाले नेपालीजनता बिरुद्ध जबरजस्ती थुपारीएको दलाल सत्ता बिच संघर्ष चलिरहेको छ । यसै सन्दर्भमा नेपाली जनता र शहिदहरुलाई समेत घात प्रतिघात गदै प्रचण्ड स्वयमबाट थबाङको स्थानिय सत्तालाई चुनौति दिन थवाङ गाउँपालीकाको कथित गाउँसभा उदघटन गर्न जानु निकै गम्भीर कुरो हो । क्रान्तिकारी जनतालाई अपमानित गदै जबरजस्ती संसदिय ब्यबस्था थुपार्नुले स्थानिय जनताले थवाङ गाउपालीका अध्यक्ष श्री बिर बहादुर घर्तिलाई सोधपुछको लागी आपनो नियण्त्रणम लिएका थिए । अध्यक्ष बिर बहादुर घर्तिलाई आबश्यक सोधपुछ र कोही सर्त सहितस्थानीय जनता,पत्रकार काँसिराम डाँगी र खिम बहादुर बुढाको रोबरमा छोडिएको छ ।' 

साथै अपहरण मुक्त गरिएपछी  जिल्ला जन परिषद रोल्पाले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाइ निम्न सर्तहरु राखेर छाडेको जनाएको छ । 

१) जनताको अनुमति बिना कुनै काम नगर्ने ।

२) क्रान्तिकारी शक्ति बिरुद्ध झुट्टामुद्धा नथुपार्ने ।

३) थवाङका जनताको अपमान हुने प्रकारका सभा नराख्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ