2026-07-26 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

“मध्यपहाडी लोकमार्गले समृद्धिको ढोका खोलेको छ” : राज्यमन्त्री गुरुङ

प्रकाश धौलाकोटी । असोज १, तेह्रथुम। भौतिक पर्वाधार  तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई जन्मथलो तेह्रथुमको आठराईबासीले भव्य स्वागत तथा सम्मान गरेका छन् । आठराई गाउँपालिकाको चुहानडाँडा र सक्रान्तिबजारमा राज्यमन्त्री गुरुङलाई स्थानीयबासी, क्याम्पस, विद्यालय, संघसंस्था तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् । 

आठराई गाउँपालिका–४, साविक इवा गाविसमा जन्म भई तेह्रथुम जिल्लाबाट व्यवस्थापित संसद हुँदै राज्यमन्त्री बनेकी नेतृ गुरुङ मन्त्री बनेपछि पहिलो पटक जन्मथलो आउनुभएको हो । राज्यमन्त्री गुरुङलाई पुर्वविद्यार्थीको रुपमा त्रिमोहन उच्च मावि सक्रान्तिबजार र तेह्रथुम बहुमुखी क्याम्पसले सम्मान गरेका छन् । 

यस्तै नेपाली कांग्रेस आठराई गाउँपालिका कार्यसमिति, सबै वडा कार्यसमितिहरु र भातृ संस्थाहरुले समेत सम्मान पत्रसहित अविर जात्रा, माल्यार्पण र खादा ओढाएर सम्मान गरेका छन् । राज्यमन्त्री गुरुङलाई आठराई गाउँपालिकास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले समेत स्वागत तथा सम्मान गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहनुभएकी राज्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्गले तेह्रथुम जिल्लाको समृद्धिको ढोका खोलेको बताउनुभएको छ । पाँचथरको जोरसालदेखि माझीटार हुँदै सक्रान्तिबजारदेखि पुरै तेह्रथुम जिल्लालाई छिचोलेर अघि बढेको निर्माणाधीन लोकमार्ग सम्पन्न भएपछि जिल्लाले आर्थिक समृद्धिको फड्को मार्ने उहाँले बताउनुभयो । 

उहाँले पटक पटक लोकमार्गको ट्रयाक परिवर्तन गर्ने चलखेल भएको भन्दै अब पाँचथर तेह्रथुम खण्डका कुनैपनि ठाउँमा ट्रयाक परिवर्तन नहुने र कुनै पनि हालतमा हुन नदिने बताउनुभयो । राज्यमन्त्री गुरुङले भौतिक पुर्वाधारतर्फ यहाँका सडक, पुल निर्माण र मर्मत सम्भार नै आफ्नो कार्यकालका प्राथमिकता रहेको बताउनुभयो । लोकमार्गको निर्माणाधीन खण्डको अवलोकनपछि माझीटार–सक्रान्तिबजार–म्याङलुङ सडक खण्डको काम तीब्र गतिमा गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

उहाँले जिल्लाको स्वास्थ्य, शिक्षा खानेपानी, तथा सडकहरुको अवस्था हेरेर प्राथमिकतामा राखी आफ्नो ठाँउबाट सकेसम्म अगाडी बढाउने बताउनुभयो । राज्यमन्त्री गुरुङले वर्षाले क्षतिग्रस्त जिल्लाका महत्वपुर्ण सडकहरु दशैँ अगाडि नै खुलाउने र निर्माण तथा मर्मत सम्भारको कामले अब गति लिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ