2026-09-13 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी बडादशैँदेखि सञ्चालनमा आउने

काठमाडौँ | निर्माण कार्यको अन्तिम चरणमा पुगेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी बडादशैँदेखि सञ्चालनमा आउने भएको छ । यो सुरुङमार्गको भौतिक प्रगति ९४ दशमलव ५ प्रतिशत पूरा भइसकेको सडक विभागले जानकारी दिएको छ । सडक विभागले असोज महिनाभित्रै काम समाप्त गर्ने लक्ष्य राखेको छ । यदि समयमै सबै प्रक्रिया पूरा भएमा आगामी दशैँको अवसर पारेर परीक्षण गरि सुरुङमार्ग प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ ।

सुरुङमार्ग सञ्चालन तथा मर्मत–सम्भारका लागि रेडियो फ्रिक्वेन्सी आईडेन्टिफिकेशन (आरएफआईडी) टोल प्रणाली जडान गर्ने तयारी गरिएको छ, जसले विद्युतीय माध्यममार्फत सहज टोल भुक्तानी सम्भव बनाउने छ । सुरुङमार्गमा चौबिसै घण्टा सुविधा, आपतकालीन सेवा, प्रकाश तथा भेन्टिलेशन, फायर फाइटिङ सिस्टम तथा रिमोट मोनिटरिङजस्ता आत्याधुनिक प्रविधिहरू सुचारु हुने सुनिश्चित गरिएको छ । सङ्कुचित प्रक्रिया पूरा भएपछि विशेषज्ञ सेवा प्रदायकमार्फत सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले