काठमाडौँ | निर्माण कार्यको अन्तिम चरणमा पुगेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी बडादशैँदेखि सञ्चालनमा आउने भएको छ । यो सुरुङमार्गको भौतिक प्रगति ९४ दशमलव ५ प्रतिशत पूरा भइसकेको सडक विभागले जानकारी दिएको छ । सडक विभागले असोज महिनाभित्रै काम समाप्त गर्ने लक्ष्य राखेको छ । यदि समयमै सबै प्रक्रिया पूरा भएमा आगामी दशैँको अवसर पारेर परीक्षण गरि सुरुङमार्ग प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ ।
सुरुङमार्ग सञ्चालन तथा मर्मत–सम्भारका लागि रेडियो फ्रिक्वेन्सी आईडेन्टिफिकेशन (आरएफआईडी) टोल प्रणाली जडान गर्ने तयारी गरिएको छ, जसले विद्युतीय माध्यममार्फत सहज टोल भुक्तानी सम्भव बनाउने छ । सुरुङमार्गमा चौबिसै घण्टा सुविधा, आपतकालीन सेवा, प्रकाश तथा भेन्टिलेशन, फायर फाइटिङ सिस्टम तथा रिमोट मोनिटरिङजस्ता आत्याधुनिक प्रविधिहरू सुचारु हुने सुनिश्चित गरिएको छ । सङ्कुचित प्रक्रिया पूरा भएपछि विशेषज्ञ सेवा प्रदायकमार्फत सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।