२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौँ : उपप्रम महरा

२ आश्विन २०७४, सोमबार १०:४८

असोज २, काठमाडौँ। उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताउनुभएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा रासस समाचारदाता भीष्मराज ओझासँग आइतबार आफ्नै कार्यकक्षमा कुरा गर्दै उहाँले विश्वले बुझ्ने गरी नेपालको शान्ति प्रक्रिया सफलरुपमा टुंगिएको जानकारी गराइने बताउनुभयो । 

प्रधानमन्त्री देउवा राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्नुहुनेछ । 

“केही पश्चिमा मुलुकले नेपालको शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायको विषयमा कुरा उठाएका छन्, हामी त्यस सम्बन्धमा नेपालको शान्ति प्रक्रिया सफलरुपमा अघि बढेको र त्यो अनुपम रहेको कुरा राख्छौँ, यो महत्वको विषयलाई विश्व समुदायसामु जानकारी गराउने हामीलाई अवसर पनि हो”, उहाँले भन्नुभयो । 

सोही सिलसिलामा अतिकम विकसित र भूपरिवेष्टित मुलुकका तर्फबाट महासभामा पेश गरिने संयुक्त घोषणापत्र तयारीको उच्चस्तरीय छलफलमा समेत नेपालको सहभागिता महत्वपूर्ण रहने उपप्रधानमन्त्री महराको धारणा थियो । 

यो बैठकले अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकले विश्व बजारमा पाउने व्यापार र पारवहन सुविधासम्बन्धी अन्तर्राष्ट्रिय अधिकारबारे संयुक्त घोषणापत्र तयार गर्नेछ । उहाँ महासभामा भाग लिने क्रममा आइतबार नै न्युयोर्क प्रस्थान गरिसक्नुभएको छ । 

परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नुुहुनेछ । सार्कको मन्त्रिस्तरीय बैठक बस्न नसकेको सन्दर्भमा यस बैठकलाई नेपालले ठूलो उपलब्धिका रुपमा लिएको छ । 

उपप्रधानमन्त्री महरा राष्ट्र संघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्र संघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफलका साथै राष्ट्र संघका महासचिवले आयोजना गर्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुर प्रथा अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनुहुनेछ । 

महासभाका दौरान न्युयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने उपप्रधानमन्त्री महराले जानकारी दिनुभयो । 

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री देउवा सेम्टेम्बर २४ मा ओमनको मस्कटका लागि प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र सुरक्षाबारे निर्देशन दिनुहुने कार्यक्रम रहेको उपप्रधानमन्त्री महराले बताउनुभयो । 

नेपालले राष्ट्र संघीय मानवाधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको र महासभा बैठकका क्रममा नेपालको पक्षमा समर्थन खोजिने उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक