२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौँ : उपप्रम महरा

२०७४, २ आश्विन सोमबार १०:४८

असोज २, काठमाडौँ। उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताउनुभएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा रासस समाचारदाता भीष्मराज ओझासँग आइतबार आफ्नै कार्यकक्षमा कुरा गर्दै उहाँले विश्वले बुझ्ने गरी नेपालको शान्ति प्रक्रिया सफलरुपमा टुंगिएको जानकारी गराइने बताउनुभयो । 

प्रधानमन्त्री देउवा राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्नुहुनेछ । 

“केही पश्चिमा मुलुकले नेपालको शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायको विषयमा कुरा उठाएका छन्, हामी त्यस सम्बन्धमा नेपालको शान्ति प्रक्रिया सफलरुपमा अघि बढेको र त्यो अनुपम रहेको कुरा राख्छौँ, यो महत्वको विषयलाई विश्व समुदायसामु जानकारी गराउने हामीलाई अवसर पनि हो”, उहाँले भन्नुभयो । 

सोही सिलसिलामा अतिकम विकसित र भूपरिवेष्टित मुलुकका तर्फबाट महासभामा पेश गरिने संयुक्त घोषणापत्र तयारीको उच्चस्तरीय छलफलमा समेत नेपालको सहभागिता महत्वपूर्ण रहने उपप्रधानमन्त्री महराको धारणा थियो । 

यो बैठकले अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकले विश्व बजारमा पाउने व्यापार र पारवहन सुविधासम्बन्धी अन्तर्राष्ट्रिय अधिकारबारे संयुक्त घोषणापत्र तयार गर्नेछ । उहाँ महासभामा भाग लिने क्रममा आइतबार नै न्युयोर्क प्रस्थान गरिसक्नुभएको छ । 

परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नुुहुनेछ । सार्कको मन्त्रिस्तरीय बैठक बस्न नसकेको सन्दर्भमा यस बैठकलाई नेपालले ठूलो उपलब्धिका रुपमा लिएको छ । 

उपप्रधानमन्त्री महरा राष्ट्र संघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्र संघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफलका साथै राष्ट्र संघका महासचिवले आयोजना गर्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुर प्रथा अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनुहुनेछ । 

महासभाका दौरान न्युयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने उपप्रधानमन्त्री महराले जानकारी दिनुभयो । 

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री देउवा सेम्टेम्बर २४ मा ओमनको मस्कटका लागि प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र सुरक्षाबारे निर्देशन दिनुहुने कार्यक्रम रहेको उपप्रधानमन्त्री महराले बताउनुभयो । 

नेपालले राष्ट्र संघीय मानवाधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको र महासभा बैठकका क्रममा नेपालको पक्षमा समर्थन खोजिने उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’