2026-07-27 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै

काठमाडौँ | यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनःनिर्माणमा स्थानीयवासी जुट्न थालेका छन् ।

कोटेश्वरको नरेफाँटस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको संयोजनमा प्रहरी चौकी नरेफाँटको पुनःनिर्माण सम्पन्न भएको छ । समितिले एक थान मोटरसाइकल समेत हस्तान्तरण गरेको छ ।

यस्तै, बसुन्धरास्थित प्रहरी प्रभागको भवनसमेत पुनःनिर्माण गर्न थालिएको छ । चाडपर्व नजिकिएसँगै हुने चोरी डकैतीका घटनालाई समेत ध्यानमा राखेर स्थानीयवासीले प्रहरी चौकी निर्माण थालेका हुन् । युवा व्यवसायी दीपक भट्टको संयोजकत्वमा टोली नै बनाएर पुनःनिर्माण गरिँदै छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–१६ प्रहरी वृत्त लैनचौरको भवनसमेत पुनःनिर्माण सम्पन्न भएको छ । ठमेल पर्यटन विकास परिषद् र ठमेल क्षेत्रका व्यवसायीको सहयोगमा उक्त भवन पुनःनिर्माण गरिएको परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिनुभयो । ठमेल क्षेत्रको सुरक्षामा प्रहरी वृत्त लैनचौर र दरबारमार्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

ट्राफिक प्रहरी प्रभाग नयाँबसपार्कको भवनसमेत पुनःनिर्माण भइरहेको छ । नयाँबसपार्क क्षेत्रका स्थानीय सङ्घसंस्था र यातायात व्यवसायी तथा मजदुरको सहकार्यमा पुनःनिर्माण गर्न थालिएको हो ।

यसैगरी उपत्यकाबाहिर धादिङमा तोडफोड तथा आगजनी भएका ११ प्रहरी चौकीमध्ये सात प्रहरी चौकी पुनःनिर्माण गरी काम सञ्चालन गरिएको प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौँ उपत्यकाभित्र मात्र २१८ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको जानकारी दिनुभयो । जसमा ११२ प्रहरी कार्यालयका भवन पूर्ण क्षति र ९६ कार्यालयका भवनमा आंशिक क्षति भएको छ । यस्तै, ११७ चारपाङ्ग्रे सवारीसाधन पूर्ण क्षति भएका छन् भने चार सवारीसाधनमा आंशिक क्षति भएको छ । यसैगरी १५८ दुईपाङ्ग्रे सवारीसाधनमा क्षति भएको प्रवक्ता खनालले बताउनुभयो ।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी कार्यालय र प्रहरीका सवारी साधनमा भएको क्षतिको यकिन गर्ने काम भइरहेको बताउनुभयो । कतिपय स्थानमा आन्दोलनका क्रममा क्षति भएका प्रहरी कार्यालय पुनःनिर्माण गरी प्रहरीलाई ‘ड्युटी’मा खटाउने काम सुरु भइसकेको प्रवक्ता घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली