२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यसरी हस्तरेखा मार्फत थाहा पाउनुहोस् आफ्नो भाग्य आफैँ

४ आश्विन २०७४, बुधबार १२:०२

हस्तरेखामार्फ भाग्यमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ।  हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् । शास्त्रअनुसार जुन व्यक्तिको हातको औला जौ जस्तो हुन्छ त्यस्ता व्यक्ति निकै धनी हुन्छन् ।

समाजमा प्रतिष्ठित पनि बन्नेछन् । त्यस्तै हातमा शंख हुनु निकै उत्तम मानिन्छ । जुन व्यक्तिहरुको चारवटा औलामा शंख चिन्ह छ, ति व्यक्तिहरु उच्च पदमा पुग्ने र राजकीय सम्मान प्राप्त गर्ने हुन्छन् । ५ वटै औलामा शंख भएकाहरु विदेश यात्रामा निस्कन्छन् भने ६ औलामा शंख भएकाहरु धार्मिक र दश ओटै औंलामा भएकाहरु माहात्मा हुने विश्वास छ । ८ वटा औलामा शंख भएकाहरु भने सुखी र धनी हुन्छन् ।हातमा चक्र हुनेहरुलाई पनि भाग्यमानी मानिन्छ । १० वोटै औलामा चक्र भएकाहरुले संसार जित्ने शास्त्रमा उल्लेख छ । एउटा मात्र चक्र भएको मान्छे बुद्धिमान हुन्छ भने दुइवटा भएको व्यक्ति सुन्दर हुन्छ

जौको चिन्ह – समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातको औंलामा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।शंखको चिन्ह – अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो

मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चारवटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ। विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।

जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् ।१० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी रधनी हुन्छन् ।

चक्र – समुन्द्र शास्त्रमा हस्त रेखामा हातमा हुने चक्रको बारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसारजित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामाचक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।सूर्य पर्वत –हातको अनामिका औंलाको (चोरऔंला )फेँदमा सूर्य पर्वतहुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भनेउनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।शंख र चक्रको फलशंख हामीले शंखको चिन्ह मुख्यतया तीन प्रकारका भेट्न सकिन्छ ।

जस्तैः

१)बाँया तर्फ घुमेको शंख२)दाँया तर्फ घुमेको शंख

३) मिश्रति प्रकारको शंख बाँया तर्फ घुमेको शंख जुन व्यक्तिको औलामा

बाँया घुमेको शंख को चिन्ह छ, त्यस्ता व्यक्तिहरूदाई प्रायः विदेशयात्राकोअवसर प्राप्त भई नै रहन्छ र आफ्नो मिहिनेतको बलले समाजमा प्रसिद्धि कमाउँछन् । जातकलाई आध्यात्मतर्फ बढी रुचि गराउनुका साथै धर्ममा आस्था र विश्वास रहन्छ। यस प्रकारको शंख महिलाको लागि पनि अत्यन्त शुभदायक र सौ भाग्यकारीमानिन्छ ।

दाँयातर्फ घुमेको शंख दाँया घुमेको शंख भएका व्यक्तिलाई भाग्यशाली,धनवान, ज्ञानी, प्रतिभाशाली र धमात्मा बनाउदछ । मिश्रति प्रकारको शंख दाँया रबाँया तर्फ घुमेको शंखको फल भन्दा लगभग उस्ता उस्तै मान्न सकिन्छ तर मिश्रतिप्रकारको शंखको रचना र्दुइ विभिन्न दिशातर्फ मोडिएको हुन्छ ।अतः त्यस्तो फल एक स्वतन्त्र शंखको भन्दा भिन्दै प्रकारको हुन्छ । मिश्रतिप्रकारको शंख भएका व्यक्तिहरूमा भौतिकता र लालसाको गुण उत्पन्न गराउँछ । यसकारण जातकले प्रत्येक काम पैसाको लालचामा गर्दछ । यसमा बुद्धिको तीव्रतापनिकम हुन्छ । जातकले उच्च स्तरीय गुणको अनुसरण नगरेर विचारद्वारा ग्रसित हुन्छ।

शंखको औला अनुसार फल :

१)बुढी औठामा बाँया घुमेको शंख भएमाः( जातकले आफ्नो जीवनकालमा धेरैहानी नोक्सानी र कठिनाईको सामना गर्नुपर्दछ, साथै भावि आउने वाला समस्यार कस्ट द्वारा निराश हुन्छ ।

खं)औठामा दाया घुमेको शंख छ भने यस्ता व्यक्तिहरू भाग्यशाली र धनी हुन्छन् ।

२ क)बायाँ घुमेको शंखको चिन्ह तर्जनी औलामा भएमा ः जातकले आफ्ना इस्टमित्रबाट धन र मान सम्मानको हानि नोक्सानी बेहोर्नु पर्दछ ।

ख)तर्जनी औलामा दाँया घुमेको शंख छ भने त्यस्ता व्यत्तिले सामान्य जीवन यापन

गर्ने हुन्छन् ।

३)मध्यमा औलाको टुप्पोमा दाँया घुमेको शंख भएमाः जातकलाई धन पैसाकोकुनै कमि हुँदैन र जातक धार्मिक विचारको स्वामी हुन्छ ।

४)अनामिका औलामा दाँया घुमेको शंख भएः यस्ता व्यक्तिको संचित धन पैसाकोनस्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित