२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ नम्बर प्रदेशको एकमात्र महानगर बिरगंजको ताजा मत परिणाम, ७ मतले राजपाको अग्रता

२०७४, ५ आश्विन बिहीबार ०४:०१

असोज ५, बिरगंज | २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । हालसम्म कुनैपनि नगरपालिका, उपमहानगर र महानगरको नतिजा भने आइसकेको छैन । अहिलेसम्मको मतपरिणाम अनुसार राजपा सबैभन्दा अगाडी, कांग्रेस दोश्रो र संघिय समाजवादी तेश्रो स्थानमा छन् । त्यस्तै माओवादी चौथो स्थानमा छ भने एमाले र लोकतान्त्रिक फोरम क्रमश पाँचौं र छैटौं स्थानमा छन् ।

कस्तो छ बिरगंजको पछिल्लो मत परिणाम ?

दुई नम्बर प्रदेशकै एकमात्र महानगर वीरगञ्जमा राजपा नेपालले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार राजपाका तर्फबाट वीरगञ्जमा मेयरका उम्मेदवार राजेशमान सिंहले २४०९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । सिंहलाई नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले पछ्याइरहेका छन् । द्विवेदीले अहिलेसम्म २४०२ मत प्राप्त गरेका छन् । राजपा र कांग्रेसबीच ७ मतले मात्र अन्तर देखिएको छ ।  त्यस्तै उपमेयरमा भने फराकिलो मतले कांग्रेसको अग्रता छ । कांग्रेसकि उम्मेदवारले बिरगंजमा २७०९ मत पाउँदा राज्पाकी उम्मेदवारले २२०८ मत मात्र पाएकी छन् । 

त्यस्तै तेश्रो स्थानमा रहेको संघीय समाजवादी मेयर पदमा १६४६ मात ल्याउँदैगर्दा उसको पछाडी रहेको माओवादी केन्द्रले १३७० मत पाएको छ । त्यस्तै उपमेयर पदमा संघीय समाजवादीले १६४५ मत जोड्दा माओवादी केन्द्रले ९८९ मत पाएको छ । 

त्यस्तै पाँचौ स्थानमा रही माओवादीलाई पछ्याएको एमालेले एमाले मेयरमा १२३३ र उपमेयरमा १४३८ मत पाएको छ भने छैटौं स्थानमा रहेको लोकतान्त्रिक फोरमले मेयर पदमा ७१५ र उप मेयर पदमा ५७९ मत पाएको छ । 

पछिल्लो मत परिणाम – वीरगञ्ज महानगरपालिका (पर्सा) 

मेयर/उपमेयर 

राजपा २४०९/२२०८ 

कांग्रेस २४०२/२७०९ 

संघीय समाजवादी १६४६/१६४५ 

माओवादी केन्द्र १३७०/९८९ 

एमाले १२३३/१४३८ 

लोकतान्त्रिक फोरम ७१५/५७९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित