१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

३ आश्विन २०८२, शुक्रबार १४:४५

काठमाडौँ | चलचित्र ‘बलिदान’ को ‘ट्रेलर’ आज सार्वजनिक गरिएको छ ।

यसअघि उक्त चलचित्रको पोस्टर, प्रि–टिजर, टिजर र गीत सार्वजनिक भइसकेको छ । ट्रेलरको अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देख्न सकिन्छ । देशभक्तिभाव झल्काउन खोजिएको उक्त चलचित्रको ट्रेलरमा कलाकार अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिनुभएको छ । मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गर्नुभएको छभने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा प्रस्तुत गरिएको छ ।

यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको संवाद र ऋचा शर्माको भावनात्मक प्रश्न समेटिएको छ । निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रका रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको छ ।

चलचित्र ‘बलिदान’लाई बहुप्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ । निर्देशक सेनले यसअघि बलिदानलाई चलचित्र मात्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताउनुभएको थियो । यसबीचमा, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ ले चर्चा बटुलिसकेको छ । सुजन चापागाईंको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा चर्चा पाइरहेको छ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुनुहुन्छ । चलचित्र बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ