२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत

२०७४, ५ आश्विन बिहीबार ०७:०६

असोज ५, काठमाडौँ। नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । 

संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्नुभयो । 

सोही अवसरमा उहाँ असंलग्न अन्दोलनमा सहभागी मुलुकका ९जि ७७० मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुभयो । उक्त बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय कानून तथा मानव अधिकारको उल्लंघनमा सर्वसम्मत अनिवार्यताको मापन’ रहेको छ । 

बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले असंलग्न आन्दोलनमा नेपालको आधिकारिक धारणा प्रस्तुत गर्दै विश्वमा देखिएका मतभिन्नतालाई वार्तामार्फत सुल्झाउनुपर्ने बताउनुभयो । 

त्यसलगत्तै उहाँ ‘भियना कार्यक्रमको कार्यान्वयनमा गतिशीलता तथा दिगो विकासका लागि २०३०’ भन्ने मुख्य मुद्दामा आधारित भूपरिवेष्टित विकासशील मुलुकको १६औँ वार्षिक मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुभयो । बैठकमा परराष्ट्रमन्त्री महराले अन्तर्राष्ट्रिय व्यापारमा एलएलडिसीको अर्थपूर्ण सहभागिताका लागि अन्तर्राष्ट्रिय सहयोगको मापन आधिकारिक मात्र नभई साझेदारी, प्रविधि हस्तान्तरण र लगानीमा पनि वृद्धि गर्नुपर्ने बताउनुभयो । 

त्यसपछि उहाँले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आयोजना गरेको संयुक्त राष्ट्र संघको शान्ति स्थापनासम्बन्धी उच्चस्तरीय खुला बहसमा भाग लिनुभयो । 

सो बैठकलाई सम्बोधन गर्दैै उहाँले नेपाल शान्ति स्थापनार्थ सेना तथा प्रहरी पठाएर सहयोग गर्ने विश्वकै छैटाँै ठूलो मुलुक भएको बताउनुभयो । परराष्ट्रमन्त्री महराले शान्ति स्थापनामा खटिएकाहरुको सुरक्षा र नागरिकको सुरक्षाको जिम्मेवारीमा उनीहरुलाई प्रभावकारी बनाउन तथा सार्वभौमिक अखण्डतामा कुनै अतिक्रमण नगरीकन सुरक्षाको प्रतिबद्धता प्रदान गर्ने उच्चस्तरीय प्रतिवेदनको कार्यान्वयनमा पुनः प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सोही दिन उहाँ दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा सहभागीता जनाउनुभयो । सो बैठकमा मन्त्री महराले दक्षिण–दक्षिणको सहकार्यबाट मुख्यगरी नवीन कार्यको खोजी तथा सन् २०३० को रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने धारणा राख्नुभयो । त्यस अवसरमा उहाँले बंगलादेशका प्रधानमन्त्री, इथोपियाका राष्ट्रपतिलगायत अन्य मुलुकका नेतासँगै ‘साउथ–साउथ एक्सन’ नामक प्रकाशनको विमोचन गर्नुभयो । 

सोही अवसरमा अफ्रिकी मुलुक नाइजरसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । परराष्ट्रमन्त्री महरा र नाइजरका विदेशमन्त्री इब्राहिम याकुबुले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । योसँगै नेपालले विश्वका १५१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । 

यसै अवसरमा परराष्ट्रमन्त्री महराले ओमानका विदेशमन्त्री युसुफ विन अलावी विन अब्दुलाहसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

महासभाकै क्रममा उहाँसंग बेलायतका एशिया प्रशान्त हेर्ने राज्यमन्त्री मार्क फिल्डले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा द्विपक्षीय चासो र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

महासभामा भाग लिन आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका विभिन्न मुलुकका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित