९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

५ आश्विन २०७४, बिहीबार ०७:४३

असोज ५, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो । 


राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

बिहान ९ बजेर ४१ को शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशका पूजा गरेर राष्ट्रपति भण्डारीले जौ (यव) छर्नुभएको उहाँका सञ्चारविज्ञ माधव शर्माले राससलाई जानकारी दिनुभयो । 

आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा रहिआएको छ । 

यसै अवसरमा आज हनुमानढोकाको दशैँ घरमा राज्यका तर्फबाट वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापनासहित जमरा राखिएको छ । दशैँ घरमा विधिपूर्वक बिहान ९ बजेर ४१ को शुभसाइतमा जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले राससलाई जानकारी दिनुभयो । 


नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत बिहान ९ बजेर ४१ ीमनेटमा जुराएको थियो । 

प्रत्येक दिन बिहान दुर्गा सप्तशती चण्डी, देवीभागवत्लगायत देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको प्रतीकका रुपमा घडा थापिएको स्थलमा विजयादशमीसम्म बिहान–बेलुका पूजा एवम् आरती गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि विधिवत् रुपमा नेपालीको महान् चाड दशैँ शुरु हुन्छ । घटस्थापनाका अवसरमा आज घर–घरमा जौ अथवा आफ्नो कुल परम्पराअनुसार गहुँ, मकैलगायत विभिन्न बीज छरेर जमरा राखिएको छ । 

यसैगरी विभिन्न शक्तिपीठमा पनि घटस्थापनासहित जमरा राखियो । दुर्गा पक्ष शुरु भएपछि उपत्यकालगायत देशभरका शक्तिपीठमा दर्शन गर्न भक्तजनको भीड लागेको छ । वर्षमा पर्ने चारवटा नवरात्रमध्ये शारदीय नवरात्रलाई नेपालमा महान् पर्वका रुपमा मनाउने गरिन्छ । हरेक तीन महिनामा नवरात्र पर्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो