२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पब्लिक स्पिच नेपाल’को विजेता जाजरकोटका दिपक

२०८२, ४ आश्विन शनिबार १७:३९

काठमाडौँ | जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बन्नुभएको छ । आज यहाँ आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उहाँ विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत हुनुभयो ।

बागेश्वरी असल शासन क्लब (बास नेपाल)को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय हुनुभएको छभने दिपक परियार तृतीय हुुनुभयो । उहाँहरू क्रमशः रु ३० हजार र रु २० हजारसहित पुरस्कृत हुनुभयो ।

यसैगरी, रु २० हजारसहित उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गर्नुभयो । प्रोत्साहन पुरस्कार प्रार्थना अधिकारी र सान्त्वना पुरस्कार तोरिशा भण्डारीले प्राप्त गर्नुभयो ।

प्रतियोगीहरूले भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन, अपाङ्गता, समावेशिता र प्राकृति संरक्षणलगायत विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, ‘मोटिभेसनल स्पिकर’ डा ताराप्रसाद गिरी र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत रहनुभएको बास नेपालका अध्यक्ष नमस्कार शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन