Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने : महत

२०७४, ५ आश्विन बिहीबार १०:४४

असोज ५, काठमाडौँ। नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने बताउनुभएको छ । 

विश्व शान्ति दिवसका अवसरमा नेपाल युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको महत्व र यसका उपलब्धि’ विषयक अन्तरक्रियामा डा महतले जहाँ शान्तिपूर्ण स्थिति सिर्जना हुन्छ त्यहाँ विकास चाँडो हुने बताउनुभयो । “दश वर्षे जनयुद्ध र मधेस आन्दोलनका कारण नेपालको विकास हुन सकेन,”– उहाँले भन्नुभयो । 

पूर्व अर्थमन्त्री डा महतले संविधानमा युवाको अधिकारलाई धेरै मात्रामा समेटेको भए पनि व्यवहारमा लागू नहुँदा समस्या भएको बताउनुभयो । उहाँले स्थायी सरकार नहुँदा नेपालको शान्ति प्रक्रियाले पूर्णता लिन नसकेको उल्लेख गर्नुभयो । 

नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटाले विस्तृत शान्ति सम्झौतालाई इमान्दारिताका साथ पालना नगर्दा मुलुकको विकास हुन नसकेको बताउनुभयो । “वर्तमान सरकारले युवाको हक, अधिकारका लागि सोचेन,”– उहाँले भन्नुभयो । 

चेलीबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालका अध्यक्ष भारती सिलवाल ९गिरी०ले सामाजिक विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले देशको परिवर्तनमा युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रत्येक प्रदेशमा युवाका लागि मन्त्रालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । 

परिषद्का अध्यक्ष सरोज बानियाँले दश वर्षे जनयुद्धका बेला लडेका युवाको भविष्य अन्योलमा परेको भन्दै उनीहरुले कुन लक्ष्य प्राप्तिका लागि युद्ध लडेका थिए त्यसको पुनरावलोकन राज्यले गर्नुपर्ने बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै