काठमाडौँ | शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८ दशमलव६३ अंकले बढेर २६८२दशमलव२५ बिन्दुमा उक्लेको छ । यस अघिको कारोबार आइतबार नेप्से परिसूचक १११दशमलव७० अंकले बढेर २६२३दशमलव७० बिन्दुमा उक्लेको थियो ।
मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर कारोबार भएको छ। कारोबार भएका मध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। जसको करिब ३८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि युनिभर्सल पावर (१८ करोड ५० लाख) र हिमालयन डिस्टिलरी (१८ करोडभन्दा बढी) प्रमुख कारोबार भएका कम्पनी बनेका छन्।