२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्ज महानगरमा १८ हजार ९ सय १९ मत गन्दासम्मको पछिल्लो मत परिणाम

६ आश्विन २०७४, शुक्रबार ०२:१६

असोज ६, पर्सा | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेसको अग्रता छ । यहाँ कहिले कांग्रेस त कहिले राजपाको अग्रता हुँदै आएकोमा अहिले कांग्रेस राजपा भन्दा १०७ मतले अग्रतामा छ । 

८४ हजार भन्दा बढी मत खसेको यो महानगरमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ भने संघीय समाजवादी फोरम नेपाल तेश्रो स्थानमा छ । अहिलेसम्म महानगरको २ हजार ६ सय ८९ मत बदर भएको छ । 

ताजा मत परिणाम अनुसार कसको कति ?  

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ३९३९ मत पाएको छ भने राजपाले ३८३२ मत ल्याएको छ  । त्यस्तै संघीय समाजवादी फोरम नेपालले ३५२१ मत पाएको छ भने चौथो स्थानमा माओवादी केन्द्रले २४२३ मत पाएको छ ।

त्यस्तै नेकपा एमालेले १९७३ र फोरम लोकतान्त्रिकले १३१३ मत पाएको छ । 

१. नेपाली कांग्रेस

मेयर (अजयकुमार द्विवेदी): ३९३९

उपमेयर (शान्ति कार्की): ४५७२

२. राजपा 

मेयर (राजेशमान सिंह): ३८३२

उपमेयर (रम्भा मिश्र): ३१९८

३. संघीय समाजवादी फोरम नेपाल

मेयर (विजयी सरावगी): ३५२१

उपमेयर (पिंकी यादव): ३३९५

४. माओवादी केन्द्र

मेयर (रहबर अन्सारी): २४२३

उपमेयर (दुर्गा क्षेत्री): १६०९

५. नेकपा एमाले

मेयर (बसुरुद्दिन अन्सारी): १९७३

उपमेयर (सोफिया आचार्य): २३९०

६. फोरम लोकतान्त्रिक

मेयर (विमल श्रीवास्तव): १३१३

उपमेयर (रींकू यादव): १०१२

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता